२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भैरहवामा नयाँ व्यवस्थापनमा खुल्यो अंशिका कन्सल्टीङ इन्स्टिच्यूट

भैरहवामा नयाँ व्यवस्थापनमा खुल्यो अंशिका कन्सल्टीङ इन्स्टिच्यूट

भैरहवामा नयाँ व्यवस्थापनमा खुल्यो अंशिका कन्सल्टीङ इन्स्टिच्यूट

भैरहवामा नयाँ व्यवस्थापनमा खुल्यो अंशिका कन्सल्टीङ इन्स्टिच्यूट

भैरहवामा नयाँ व्यवस्थापनमा खुल्यो अंशिका कन्सल्टीङ इन्स्टिच्यूट
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, चैत्र १६ २०८१
आइतवार, चैत्र १६ २०८१
  • भैरहवा ।  रुपन्देहीको भैरहवामा नयाँ व्यवस्थापनका साथ अंशिका कन्सल्टीङ सर्भिस संचालनमा आएको छ । विगत ५ वर्ष देखि यही पेशमा रमाएका युवा राकेश कुमार चौधरीले भैरहवाको नारायण पथमा नयाँ व्यवस्थापनका साथ ईन्सिच्युट संचालनमा ल्याएका हुन । 

    कोरियन भाषा, जापनीज भाषा, कम्प्युटर शिक्षा, अंग्रेजी भाषाका कक्षाहरु, ब्रिज कोषहरु, मुख्य विषयका ट्युसन,  सिटीभिटी तयारी कक्षा, लोक सेवा आयोग र शिक्षक सेवा आयोग लगायतको  तयारी कक्षाहरु दक्ष प्रशिक्षकबाट प्रशिक्षण गरिने उद्देश्य सहित ईन्सिच्युट’ सञ्चालन संचालन गरेको संचालक चौधरीले भने । उनले लेखा व्यवस्थापन, डिजाइन, डिप्लोमा र बेसिक लेभलको कोर्सका कार्यक्रमहरु पनि संचालनमा रहेको बताए । 

    यस क्षेत्रमै भरपर्दो, सस्तो र गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने उद्धेश्यले सेवा सुविधा सम्पन्न ईन्सिच्युटको रुपमा स्थापित गरेको उनले भने । हाम्रो उद्देश्य नाफा कमाउनु भन्दा न्यून शुल्कमा व्यवहारिक, गुणस्तरीय र सृजनशील विद्यार्थी बनाउनुका साथै आर्थिक अवस्थाको कारण पढाईबाट बञ्चित नहोस भन्ने पनि हो । 

    “हामी सस्तो र सर्वसुलभ दरमा उच्चस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं।” विद्यार्थीको सपना साकार बनाउनका लागि हामी सहयात्रीको रुपमा छौ, हामीसँग ईन्सिच्युटमा विभिन्न विषयका वर्षैा देखि अनुभवी शिक्षकहरूको टोलीले अध्यापन गराउनेछ । इन्सिच्युटको यो प्रयासले स्थानीय समुदायमा शिक्षा र रोजगारीको अवसर बढाउने अपेक्षा गरिएको छ । 

    जिल्लामा रहेका अतिविपन्न वर्ग तथा निम्न वर्ग बालवालिकाहरुका लागि सहुलियत दरमा कम्प्युटर शिक्षा प्रदान गर्ने हाम्रो योजना छ । सिप प्रदान गर्ने मात्रै होइन हामी उनीहरुको रोजगारीका लागि सम्भावित ठाँउहरुसँग पनि समन्वय गरेर रोजगारीको वातावरण बनाउछौ । ईन्सिच्युटमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको अवस्थालाई मध्येनजर गरेर इन्सिच्युटमा निःशुल्क अध्ययन अध्यापन गराईने इन्सिच्युटका संचालक चौधरीले भने । 

    हाल विहान ५ बजे देखि साझ ८ बजे सम्म विभिन्न कक्षाहरुमा ४ सय बढि विद्यार्थी अध्ययनरत रहेकोमा हालै सम्पन्न एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरि विभिन्न कोर्स र तयारी कक्षाहरु संचालन गर्न लागेको छौ । 

    विद्यार्थीलाई कम्प्युटर सम्वन्धि शिक्षा दिनका लागि धेरै भन्दा धेरै प्रयोगात्मक अभ्यास होस भन्नका लागि ३० वटा कम्प्युटर सहितको ल्याबबाट नयाँ प्रविधिको बारेमा पनि प्रशिक्षण गरिने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij