२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र १८ २०८१
मंगलवार, चैत्र १८ २०८१
  •  काठमाडौं । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदैछ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बोहराका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए ।

    भोलि (बुधबार) बिहान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय ल्याइने चन्दले बताए । उनका अनुसार दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

    राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । ७६ वर्षीय बोहरा रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् ।

    पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चाररपाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो ।

    पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij