२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

व्यवसायीले तालाबन्दी गरेपछि होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघको चुनाव स्थगित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, चैत्र १९ २०८१
बुधवार, चैत्र १९ २०८१
  • बुटवल । होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको चैत २४ र २५ गते हुने तय भएको अधिवेशन (चुनाव) स्थगित भएको छ । 
    संघको अधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि मनोनयन दर्ताका क्रममा वर्तमान नेतृत्वले निर्वाचन प्रभावित गर्न जालझेल गरेको, सहमतिको भ्रम छरेर इच्छुक व्यवसायीलाई मनोनयन दर्ता गर्नबाट बञ्चित गरेको, पदको दुरुपयोग गर्दै निर्वाचनलाई प्रभावित गर्न खोजेको भन्दै निर्वाचन प्रकृया रद्दको माग सहित व्यवसायीले तालाबन्दी गरेपछि चुनाव स्थगित भएको हो । संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले अब नयां चुनावी प्रकृया शुरु गर्न सहमत भएमात्र तालाबन्दी खोलिने बताए । 
    उनले राजनीतिक भागवण्डाका आधारमा नभई नेतृत्वमा आउन चाहने व्यवसायीलाई प्रतिस्पर्धामा बन्चित नगरी उम्मेदवारी दर्ता गर्न दिइनुपर्ने व्यवसायीहरुको माग रहेको बताए ।  
    व्यवसायीले तालाबन्दी गरेपछि दिनभर भएको छलफलमा सहमति जुट्न नसकेपछि निर्वाचन समिति संयोजक अधिवक्ता शालिकराम बन्जाडेले सूचना जारी गर्दै व्यवसायीको तालाबन्दीका कारण चुनाव गराउन नसकिएकाले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको जानकारी गराएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij