२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मंगलपुष्करिणी दह महोत्सव सुरु

मंगलपुष्करिणी दह महोत्सव सुरु

मंगलपुष्करिणी दह महोत्सव सुरु

मंगलपुष्करिणी दह महोत्सव सुरु

मंगलपुष्करिणी दह महोत्सव सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र २१ २०८१
शुक्रवार, चैत्र २१ २०८१
  • देवदह । देवदहमा मंगलपुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ । बिहीबार एक कार्यक्रमबिच दहमा महापरित्राण पाठ गरि महोत्सवको सुरुवात गरियो ।


    देवदह–७ स्थित अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा गरी महोत्सवको औपचारिक सुरूवात गरिएको महोत्सव मूल आयोजक समिति संयोजक समेत रहेका देवदह–९ का वडाध्यक्ष मोहन जिसीले जानकारी दिए ।
    महोत्सवको पहिलो दिन सकल प्राणी जगतमा सुख, शान्ति, समृद्धिको कामना गर्दै भिक्षु महासंघबाट मंगलपुष्करिणी दहमा महापरित्राण पाठ गरिएको छ । अखिल नेपाल भिक्षु महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ गरिएको हो ।


    महोत्सव उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदहका प्रथम नगर प्रमुख हिराबहादुर खत्री, अन्तर्राष्ट्रिय भिक्षुणी महासंघ तथा यशोधरा भिक्षुणी बिहारकी अध्यक्ष न्यानवती गुरुमालगायतको उपस्थिति रहेको थियो ।


     कार्यक्रममा बोल्दै भिक्षु मैत्री महास्थवीरले वृहत्तर देवदह क्षेत्रको विकास आवश्यक रहेको बताए । ‘देवदह एउटा महत्वपूर्ण क्षेत्र हो, दहसँगै यहाँ रहेका अन्य बौद्धकालिन महत्वपूर्ण क्षेत्रको विकासले समग्र देवदहलाई समृद्ध बनाउने छ ।’– उनले भने । भिक्षु मैत्री महास्थवीरले देव दह, बैरिमाइ, कन्यामाइ, पाकरीसहित पण्डितपुर र रामग्रामलाई समेत समेटेर विकास गरिनुपर्ने विचार व्यक्त गरे ।
    महापरित्राण पाठको औपचारिक समारोह वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक मोहन जिसीको अध्यक्षता, प्रगति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गबहादुर रानाको स्वागत र संचारकर्मी कमला अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।


    महोत्सवको कलश यात्रामा स्थानीय संघ, संस्था र आमा समूहले व्यानरसहित संस्थागत प्रतिनिधित्व जनाएका छन् । भूपू सैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान आदि संघसंस्थाले पानी, चियालगायत वस्तु निःशुल्क वितरण गरेका छन् ।


    बौद्ध परम्परा अनुसार बिहीबार महापरित्राण गरी सुरु गरिएको महोत्सवमा बिहीबारदेखि श्रीमद्भागवत महापुराण सुरु हुनेछ ।  शुक्रबार हिन्दु परम्पराअनुसार कलश यात्रा गरी श्रीमद् भागवद महायज्ञ सुरु गरिने आयोजकले जनाएको छ । 
    ऐतिहासिक मंगलपुष्करिणी (देव दह) को प्रचार प्रसारसँगै देवदह –९ स्थित सन्दिप आधारभूत विद्याल र छाडा चौपाया व्यवस्थापनको लागि निर्मित गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको जनाइएको छ ।


    प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने देव दहमा सेता, राता, गुलावीलगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको बौद्ध अध्येताहरूको भनाइ छ । बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको बताइन्छ । बौद्धकालिन समयमा राज्याभिषेकका क्रममा देवदहमा स्नान गर्ने परम्परा रहेको समेत जानकारहरू बताउँछन् ।


    देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन् । धार्मिक मान्यताअनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले समेत यसलाई मङ्गलपुष्करिणी भनिएको हो । बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ ।


    देवदह नगरपालिका वडा नं. ९ ले संयोजन गरिरहेको महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सह–आयोजक प्रगति सामुदायिक वन रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij