२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपाल रेडक्रस सोसाइटी यही चैत २५ स्वर्णजयन्ती महोत्सव मनाउँदै

नेपाल रेडक्रस सोसाइटी यही चैत २५ स्वर्णजयन्ती महोत्सव मनाउँदै

नेपाल रेडक्रस सोसाइटी यही चैत २५ स्वर्णजयन्ती महोत्सव मनाउँदै

नेपाल रेडक्रस सोसाइटी यही चैत २५ स्वर्णजयन्ती महोत्सव मनाउँदै

नेपाल रेडक्रस सोसाइटी यही चैत २५ स्वर्णजयन्ती महोत्सव मनाउँदै
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, चैत्र २१ २०८१
शुक्रवार, चैत्र २१ २०८१
  • परासी । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले स्थापनाको पचास वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमसहित स्वर्णजयन्ती महोत्सव मनाउने भएको छ । जिल्ला शाखाले पचासौँ वर्षगाँठ प्रवेशको अवसरमा यही चैत २५ गते भव्य रुपमा स्वर्णजयन्ती मनाउन लागेको हो ।

    रेडक्रस जिल्ला शाखाले वि।स।२०३१ साल जेठ १० गते स्थापना भएको थियो । परासी प्रेस क्लवले  रेडक्रससँग गरेको साक्षात्कार कार्यक्रममा रेडक्रसका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीले  जानकारी दिए । 


    उनको विपद्को समयमा राहत तथा उद्धारसहितका मानवीय सेवा, रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा, समुदाय विकास एवं स्वास्थ्य सचेतनाका कार्यहरु गर्दै आएको परोपकारी स्वयमसेवी संस्थाको रुपमा स्थापित रेडक्रसले स्वर्णजयन्ती समारोहमा हालसम्म गरेका क्रियाकलाप, इतिहास एवं रेडक्रस अभियान समेटिएको स्मारीका विमोचन, सम्मान, स्वर्णजयन्ती स्मारक अनावरण लगायतका कार्यक्रमहरु गरिने सभापति अग्रहरीले बताए  । 


    समारोहमा सभापति अग्रहरीको सहयोगमा स्थापना गरिएको अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्ने, सम्मान एवं स्मारिका विमोचनका कार्यक्रमहरु समेत आयोजना हुनेछन् । स्वर्णजयन्ती समारोहमा व्रिटिश, स्वीस, क्यानेडियन तथा सार्क देशबाट रेडक्रसका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ भने जिल्लास्थित संघीय तथा प्रदेशसभाका सांसदहरु, स्थानीय तहका प्रमुखहरु, राजनीतिक दल, नागरिक समाज, रेडक्रसका संस्थापकहरु,आजीवन,विशिष्ट तथा यशेष्कर सदस्यहरुको पनि सहभागिता रहने छ । 


    परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रेडक्रस जिल्ला शाखाका सभापति अग्रहरीको प्रमुख आतिथ्यतामा भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij