२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना, स्वास्थ्य क्षेत्रमा पहुच बढ्यो

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना, स्वास्थ्य क्षेत्रमा पहुच बढ्यो

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना, स्वास्थ्य क्षेत्रमा पहुच बढ्यो

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना, स्वास्थ्य क्षेत्रमा पहुच बढ्यो

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना, स्वास्थ्य क्षेत्रमा पहुच बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र २२ २०८१
शनिवार, चैत्र २२ २०८१
  • बुटवल । बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा शुरु गर्न निर्देशन दिए।

    उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए। अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन्। उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा ल्याबसहितका शहरी स्वास्थ्य केन्द्र, मोतीपुर स्वास्थ्य केन्द्रमा प्रसुति सेवा सञ्चालनमा रहेको बताए। उनले छिटै नै वडा नम्बर १३ मा फिजियोथेरापी सेवा, १७ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालन हुने बताए।

    यस्तै २ स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा रहेको उनले बताए। उनका अनुसार वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब सहितको सेवा सञ्चालनमा रहेको छ ।

    ‘जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने र गर्भवती महिलाहरुको स्वास्थ्य जाँच, पाठेघर र स्तन क्यान्सर परीक्षण शिविरहरु सञ्चालन गर्ने कार्यक्रम पनि नियमित रहेका छन्, उनले भने–आम्दा अस्पताललाई पनि थप सुधार गर्दै स्तरीय सेवा दिनका लागि हामी लागिरहेका छौं।’ वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरेपछि वडाबासीलाई सहज हुने वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले बताए।

    सबै वडाहरुलाई स्तरीय सेवा प्रदान गर्ने गरी स्वास्थ्य केन्द्रहरु सञ्चालन भएको र सबै वडाबाट सहज रुपमा सेवा लिन सकिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए। उनले शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र अन्य सेवाहरुलाई स्तरीय बनाउनका लागि पर्याप्त जनशक्ति खटिएको बताए।

    कार्यक्रममा बोल्दै जेष्ठ नागरिक समाजका अध्यक्ष राधेश्याम राजभण्डारीले बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रयास उत्कृष्ट रहेको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij