२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी

आईपीएल क्रिकेटमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २३ २०८१
आइतवार, चैत्र २३ २०८१
  • काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएका खेलमा राजस्थान रोयल्स् र दिल्ली क्यापिटल्स विजयी भएका छन् । हिजो भएको दोश्रो खेलमा राजस्थान रोयल्स्ले पञ्जाब किङ्ग्सलाई ५० रनले हराएको छ । राजस्थानले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको पञ्जाबले नौ विकेट गुमाएर एक सय ५५ रन मात्र बनाउन सक्यो ।

    त्यसअघि मुल्लनपुरमा टस हारेर ब्याटिङ गरेको राजस्थानले चार विकेट गुमाएर दुई सय पाँच रन बनायो । जीतसँगै राजस्थान चार खेलमा चार अङ्कसहित तालिकाको सातौं स्थानमा छ । तीन खेलमा चार अङ्कसहित पञ्जाब चौथो स्थानमा छ ।

    पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्ग्सलाई २५ रनले हरायो । दिल्लीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको चन्नईले पाँच विकेट गुमाएर एक सय ५८ रन मात्र बनाउन सक्यो ।

    त्यसअघि चेन्नईमा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रन बनायो । लगातार तीन खेलमा जीत निकालेको दिल्ली छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । चार खेल खेलेको चेन्नई दुई अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij