२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सहकारीकाे सेवा केन्द्रमा चोरी , सीसीटीभीको हार्डडिस्क समेत लगे

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र २३ २०८१
आइतवार, चैत्र २३ २०८१
  • बुटवल । रूपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा गएराति चोरी भएको छ । 

    सहकारीको घोडाहा सेवा केन्द्रको झ्याल तोडेर कार्यालय प्रवेश गरी ८ लाख ४३ हजार नगद लुटपाट भएको छ । सहकारीको झ्याल फोडेर कार्यालय प्रवेश गरी भल्टमा राखिएको ८ लाख ४३ हजार ७८९ रूपैयाँ चोरी भएको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।

    ‘घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरले सीसीटीभी क्यामेराको हार्डडिस्क समेत लगेको पाइयो’, पराजुलीले भने । देवदह प्रहरी चौकीका इन्चार्ज एक्कबहादुर नेपालीले पनि सहकारीको भल्ट नै फोडेर नगद चोरी भएको जानकारी दिए । प्रहरीले सहकारीको आर्थिक कारोबारसमेत अध्ययन हुने जनाएको छ । 

    कतिपय सहकारीमा कारोबार बिग्रेको र त्यसलाई मिलाउन पनि चोरीका घटना घटाइने गरेको इतिहास रहेको उल्लेख गर्दै प्रहरीले सहकारीको समितिका पदाधिकारी र कर्मचारीहरूको आचरणसमेत अध्ययन गरिने जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij