२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनीमा भ्यान दुर्घटनामा १२ वर्षिया वालिकाको मृत्यु, १८ घाईते

लुम्बिनीमा भ्यान दुर्घटनामा १२ वर्षिया वालिकाको मृत्यु, १८ घाईते

लुम्बिनीमा भ्यान दुर्घटनामा १२ वर्षिया वालिकाको मृत्यु, १८ घाईते

लुम्बिनीमा भ्यान दुर्घटनामा १२ वर्षिया वालिकाको मृत्यु, १८ घाईते

लुम्बिनीमा भ्यान दुर्घटनामा १२ वर्षिया वालिकाको मृत्यु, १८ घाईते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • बुटवल । रूपन्देहीको लुम्बिनीमा पिकअप दुर्घटना हुदा एक जना बालिकाको मृत्यु भएको छ भने अन्य १८ जना घाईते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार मृतक र घाईतेहरुको विस्तृत विवरण अझै खुल्न सकेको छैन ।

    कार्कीका अनुसार सोमबार साँझ करिब सवा ५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ मा लु १ च २७६३ नम्बरको पिकअप भ्यान मोडमा आफै अनियन्त्रित भई पल्टिएको थियो ।

    लुम्बिनीबाट मुण्डन संस्कार गरि घर फर्किने बेला मोडमा अनियन्त्रित भई पल्टिदा उपचारको क्रममा करिब १२ वर्षिय एक वालिकाको मृत्यु भएको छ ।

    यस्तै अन्य १८ जना घाईते भएको कार्कीले जानकारी दिए ।घाईतेहरुको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार भईरहेकोमा २ जनाको अवस्था गम्भिर रहेको र अन्यको सामान्य रहेको कार्कीले बताए ।

    उपचार गराईरहेका सबै घाईतेहरु रुपन्देहीकै भए पनि उनिहरु बारे समाचार तयार पार्दा सम्म विस्तृत विवरण खुलीसकेको छैन ।

    गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij