२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सहकारी संस्थाहरूलाई सुशासन अभिमुखीकरण

सहकारी संस्थाहरूलाई सुशासन अभिमुखीकरण

सहकारी संस्थाहरूलाई सुशासन अभिमुखीकरण

सहकारी संस्थाहरूलाई सुशासन अभिमुखीकरण

सहकारी संस्थाहरूलाई सुशासन अभिमुखीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • बासुदेव ढकाल 
    रामपुर (पाल्पा)
    पाल्पाको रामपुर नगरपालिकाले नगर भित्रका सहकारी संस्थाहरुलाई सहकारीमा सुशासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रामपुरमा नगरभित्र सञ्चालनमा रहेका सहकारीका सञ्चालक समिति र कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान गरेको हो ।


     रामपुर नगरपालिकाको सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग, जिल्ला बचत तथा ऋण सहकारी संघ, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र रामपुर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा अभिमुखीकरण कार्यक्रम भएको हो ।  


    लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्णप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले कार्यक्रमको उट्घाटन गर्दै सहकारी प्रति सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको बताए । ऋण लगानीको क्रममा ख्याल नगर्दा सहकारीहरुमा समस्या देखिएको भन्दै थापाले विशेष ख्याल गरेर जुन उद्देश्यका लागि ऋण प्रदान गरिएको हो । सोहीअनुसार अनुगमन पनि गर्नु आवश्यक रहेको उनले बताए । बजार क्षेत्रमा सीमित व्यक्तिहरुले सञ्चालन गरेका सहकारीमा समस्या देखिएकाले अन्य स्थानका सहकारीलाई समेत असर गरेको उनले जनाए । रामपुर नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत् उद्यमीहरुलाई व्याज अनुदान प्रदान गर्दै आएको जानकारी दिँदै उनले नगरपालिका सहकारीसँग सहकार्य गरेर अघि बढ्न तप्पर रहेको बताए । 


    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक र सहकारीबिचको फरक के हो भन्ने विषयमा बहस हुनु आवश्यक रहेको बताउँदै सहकारीको विकल्प सहकारी नै भएकोले राज्यले व्यवस्था गरेको नीति नियममा रहेर सुशासन कायम गर्न सके सहकारीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने बताए । सरकारले जारी गरेको ऐन लागू भएमा सहकारी भित्रको विकृति अन्त्य हुने उनको दाबी छ  ।


     उनले पछिल्लो पटक भएको सहकारी ऐन तथा प्रतिस्थान विधेयक सहकारीको विकासको पक्षमा रहेको स्पष्ट पारे । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले नीति नियम र व्यवस्था अनुसार  सहकारी कसरी चलेको छ भन्ने विषयमा स्वमुल्याङ्कन गर्ने समय आएको बताइन् । उनले नगरभित्र सञ्चालनमा रहेका सहकारीहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पहल गर्दै आएको जनाइन् । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष कृष्णप्रसाद नेपालले संघमा आबद्ध हुन आग्रह समेत गरे । कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ अधिकृत नवीनराज दहालले सहकारी सञ्चालनको लागि गरिएको व्यवस्था, व्यवस्थित रुपमा सहकारी सञ्चालन गर्ने तरिका, संशोधनसहितको सहकारी ऐन, प्रतिष्ठापन विधेयकलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।


     जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई अन्धकारमुक्ति साकोसका अध्यक्ष सागरप्रसाद देवकोटाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव वसन्तप्रसाद ढकालले गरेका थिए । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरभित्र रहेका सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारी र व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij