२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

भिटामिन बी१२ को कमीको दिगो जैविक समाधान पत्ता लगाए वैज्ञानिकले

भिटामिन बी१२ को कमीको दिगो जैविक समाधान पत्ता लगाए वैज्ञानिकले

भिटामिन बी१२ को कमीको दिगो जैविक समाधान पत्ता लगाए वैज्ञानिकले

भिटामिन बी१२ को कमीको दिगो जैविक समाधान पत्ता लगाए वैज्ञानिकले

भिटामिन बी१२ को कमीको दिगो जैविक समाधान पत्ता लगाए वैज्ञानिकले
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • काठमाडौं । मानव शरीरलाई स्वस्थ रहन भिटामिन र मिनरल्स आवश्यक पर्छ । यी पोषकतत्त्वको अभावमा मानिसको स्वास्थ्यमा समस्या हुन्छ । मानव शरीरलाई अतिआवश्यक पर्नेमध्ये भिटामिन बी१२ एक हो । भिटामिन बी१२ को कमीका कारण शरीरमा ऊर्जाको स्तर घट्छ । त्यसकारण मानिसलाई बारम्बार थकाइ लाग्ने र कमजोरी महसुस हुन्छ ।

    भिटामिन बी१२ को कमीले स्नायु प्रणालीलाई पनि असर गर्छ । यसको कमीका कारण हातखुट्टा झनझन हुने वा सुन्निनेजस्ता समस्या हुनसक्छ । हिँड्न कठिनाइ हुने समस्या निम्तन्छ ।

    लामो समयसम्म भिटामिन बी१२ को कमी रहे मस्तिष्क र मानसिक स्वास्थ्यमा असर गर्छ । भिटामिन बी१२ को कमीले मस्तिष्कमा न्युरोट्रान्समिटरको स्तरलाई असर गर्छ । यसले मानसिक स्वास्थ्यसम्बन्धी समस्या जस्तै, मुड स्विङ, चिडचिडापन, गम्भीर डिप्रेसन आदि हुनसक्छ ।

    भिटामिन बी१२ को कमीले रातो रक्तकोषिकाको निर्माणमा बाधा पुर्‍याउँछ, जसले व्यक्तिको छाला पहेँलो हुनसक्छ । भिटामिन बी१२ को कमीको अर्को डरलाग्दो लक्षण भनेको जिब्रो सुन्निने, पोल्ने र रातो हुने पनि हो । यसबाहेक मुखमा अल्सर वा घाउ पनि आउन सक्छ ।

    भिटामिन बी१२ को कमीले शरीरमा होमोसिस्टिन नामक एमिनो एसिडको स्तर बढ्न सक्छ, जसले हृदयरोग र उच्च रक्तचापको जोखिम बढाउँछ ।

    भिटामिन बी१२ को कमीले आँखावरपरको स्नायुलाई पनि असर गर्न सक्छ, जसले दृष्टि धमिलो बनाउने, दोहोरो दृष्टि वा अन्धोपनजस्ता समस्या निम्त्याउन सक्छ ।

    शरीरमा बी१२ को कमीले मांसपेशीमा कमजोरी र समन्वयको कमी हुनसक्छ । यसले सन्तुलन कायम राख्न कठिनाइ निम्त्याउन सक्छ, जसले मानिसलाई हिँड्न असहज बनाउँछ र लड्ने जोखिम बढाउँछ । भिटामिन बी१२ को कमीले पुरुष र महिला दुवैको प्रजनन क्षमतालाई नकारात्मक असर पार्न सक्छ ।

    भिटामिन बी१२ को कमीको उपचार र रोकथामका उपायका रूपमा भिटामिन बी१२ युक्त खानेकुरालाई आफ्नो आहारमा समावेश गर्नुपर्छ । यसनिम्ति मासु, माछा, अन्डा, दुग्धजन्य पदार्थ र फोर्टिफाइड अनाज आदि प्रमुख हुन् ।

    तर, वैज्ञानिकले भिटामिन बी१२ को कमीबाट उपचार गर्ने नयाँ उपाय पत्ता लगाएका छन् । ‘डिस्कभर फुड’ नामक पत्रिकामा प्रकाशित एक अनुसन्धानका अनुसार, उनीहरूले स्पिरुलिना नामको एकप्रकारको हरियो बिरुवालाई जैविक प्रविधिद्वारा परिवर्तन गरी भिटामिन बी१२ तयार पारेका छन् ।

    यो भिटामिनको एक मात्र स्रोत पहिले मासु, दूधजस्ता पदार्थ मानिन्थ्यो । अब यसले मासु र दूधको दिगो र कार्बनमुक्त विकल्प दिएको बताइएको छ ।

    रिचमन युनिभर्सिटीका डाक्टर असाफ जाकोरले आइसल्यान्ड, डेनमार्क र अस्ट्रियाका वैज्ञानिकसँग मिलेर यो अनुसन्धान गरेका हुन् । उनीहरूले प्रकाश संश्लेषण (फोटोसेन्थेसिस) प्रक्रियामार्फत नियन्त्रित रूपमा स्पिरुलिनाको खेती गरी उत्पादन गरेका छन् । यो स्पिरुलिनाले मासुले बनाएजत्तिकै भिटामिन बी१२ सहित पौष्टिक जैविक पदार्थ बनाउँछ ।

    भिटामिन बी१२ जैविक स्वरूपमा पत्ता लागेको यो पहिलोपटक हो । किनभने, यसअघिसम्म भिटामिन बी१२ जनवारको मासुमा मात्र उपलब्ध हुने बताइएको थियो । यसलाई एक महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि मानिएको छ । भिटामिन बी१२ सम्बन्धी स्वास्थ्य समस्याको समाधानमा यसले विश्वमा ठूलो योगदान दिने बताइएको छ । भिटामिन बी१२ को कमीले विश्वभर एक अर्बभन्दा बढी मानिसलाई प्रभावित गरेको बताइएको छ ।

    हालसम्म भिटामिन बी१२ को कमीको उपचारका निम्ति दैनिक २.४ माइक्रोग्राम मासु र दूधजस्ता पशु उत्पादन सिफारिस गरिएको छ । मासु र दूधजस्ता पशु उत्पादनले पर्यावरणमा कार्बन उत्सर्जन, पानीको प्रयोगमार्फत ठूलो असर पार्ने गरेको छ । तर, यो नयाँ विधिले दिगो र रुखबिरुवामा आधारित विकल्प प्रदान गरेको छ । यसले भिटामिन बी१२ को कमी घटाउन मद्दत गर्नुका साथै मासु र दूध उत्पादनमा निर्भरता घटाएर पर्यावरणीय समस्या समाधान गर्न सक्नेछ ।

    प्रविधिगत नवीनता
    वैकल्पिक भिटामिन बी१२ तयार गर्नका निम्ति वैज्ञानिकले आइसल्यान्डको भीएएक्सए टेक्नोलजीले विकसित गरेको जैविक प्रविधि प्रणाली प्रयोग गरिएको छ । फोटोनिक म्यानेजमेन्ट (प्रकाशको नियन्त्रित अवस्था) प्रविधिको प्रयोग गर्दा स्पिरुलिनामा भिटामिन बी१२ को बढी मात्रा उत्पादन भयो । साथै, यो प्रविधिले स्पिरुलिनामा एन्टिअक्सिडेन्ट, एन्टिइन्फ्लामेटोरी र शरीरको प्रतिरक्षा बढाउने गुण भएका अरू जैविक कम्पाउन्ड पनि विकास गर्छ ।

    यो नवीन विधिले स्पिरुलिनामा मासुजस्तै सक्रिय भिटामिन बी१२ बनाउन सफल भएको छ । प्रति १०० ग्राम स्पिरुलिनामा १.६४ माइक्रोग्राम भिटामिन बी१२ उपलब्ध हुन्छ, जबकि मासुमा ०.७ देखि १.५ माइक्रोग्राम भिटामिन बी१२ उपलब्ध हुन्छ ।

    मासुको दिगो विकल्प
    “यो अनुसन्धानले के देखाएको छ भने प्रकाश नियन्त्रित स्पिरुलिनाले भिटामिन बी१२ को पर्याप्त मात्रा उत्पादन गर्न सक्छ । यो पारम्परिक मासुको तुलनामा दिगो विकल्प हो,” डा. असाफ जाकोर भन्छन् ।

    अनुसन्धानले विश्वव्यापी पोषणको सवालमा गहिरो प्रभाव पार्न सक्ने बताइएको छ । आइसल्यान्डले प्रतिवर्ष दुई लाख ७७ हजार ९५० टन स्पिरुलिना जैविक पदार्थ उत्पादन गर्न सक्छ । यसले प्रतिवर्ष करिब चार हजार ५५५ ग्राम भिटामिन बी१२ उत्पादन गर्नेछ, जुन १–३ वर्षका १३.८ लाखभन्दा बढी बालबालिकाको दैनिक आवश्यकता पूरा गर्नेछ ।

    किन यो महत्त्वपूर्ण छ ?
    यो आविष्कारले भिटामिन बी१२ को विश्वव्यापीस्तरमा भएको कमीलाई समाधान गर्नुका साथै पर्यावरणमा नकारात्मक प्रभाव पार्ने मासु र दूध उत्पादनको निर्भरता घटाउन मद्दत गर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij