२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...................

मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...................

मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...................

मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...................

मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि...................
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, चैत्र २५ २०८१
मंगलवार, चैत्र २५ २०८१
  • गुल्मी । मृत व्यक्तिको टाउको कुकुरले गाउँ डुलाएपछि गुल्मीमा एक जना बेपत्ता व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।


    जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ बेलपोखरामा सोमबार एउटा कुकुरले मुखमा च्यापेर मृत व्यक्तिको टाउको गाउँ डुलाएको थियो ।


    कुकुरले मान्छेको टाउको च्यापेर डुलाइरहेको स्थानीय जनप्रतिनिधि सुन्दर कुँवरले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

    प्रहरीका अनुसार उक्त मृत व्यक्ति वडा नम्बर ६ कै ५५ वर्षीय रतन शाही रहेको पहिचान भएको छ । उनी गाउँबाट हराएको साढे दुई महिना भन्दा बढी भएको थियो । कुकुरले शाहीको टाउकोको कङ्काल मुखमा च्यापेर हिँडेको थियो ।

    मंगलबार भने स्थानीय र प्रहरीको खोजी कार्यपछि स्थानीय कालिका सामुदायिक जंगलमा उनका शरिरका अन्य कङ्कालसहित उनले लगाएको कपडा फेला परेका छन् ।

    मृतक रतन शाहीको घरपरिवारमा कोही थिएनन् । उनी एक्लै बस्दै आएका थिए । घाँस काट्न जाने क्रममा लडेर घटना मृत्यु भएको हुनसक्ने अनुमान गरिएको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मुकेश थापाले बताए ।

    फेला परेको कङ्काल शाहीकै भन्ने पहिचान भएको उनले लगाएको कपडा र छिमेकी दाजुभाईबाट पुष्टि भएको वडाध्यक्ष थापाले बताए ।

     

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक भुपेन्द्र थापा नेतृत्वमा ७ जनाको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij