२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

साइनो सहकारीकाे स्थापना दिवसमा खाद्यान्न सहयोग

साइनो सहकारीकाे स्थापना दिवसमा खाद्यान्न सहयोग

साइनो सहकारीकाे स्थापना दिवसमा खाद्यान्न सहयोग

साइनो सहकारीकाे स्थापना दिवसमा खाद्यान्न सहयोग

साइनो सहकारीकाे स्थापना दिवसमा खाद्यान्न सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २७ २०८१
बिहिवार, चैत्र २७ २०८१
  • बुटवल । बुटवल–११ देवीनगरस्थित साइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसमा दृष्टिबिहीनहरूलाई खाद्यान्न सहयोग गरेको छ ।

    संस्थाले १५औं स्थापना दिवसको अवसर पारेर बुटवल–१३ जीतगढीस्थित रुपन्देही दृष्टिबिहीन एकता समाज केन्द्रलाई बिहीबार खाद्यान्न वितरण तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान गरेको हो । संस्थाका तर्फबाट सहकारीका अध्यक्ष भोजबहादुर केसी र पथ प्रदर्शक सहकारी संस्थाका अध्यक्ष लिलाबहादुर केसीले दश हजार रुपैयाँ बराबरको खाद्यान्न एकता समाज केन्द्रलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै पथ प्रदर्शक सहकारी संस्थाका अध्यक्ष लिला बहादुर केसीले सहकारीले सामाजिक क्षेत्रमा काम गर्दै जानुपर्ने बताए ।

    साइनो बचत तथा ऋण सहकारीका अध्यक्ष भोजबहादुर केसी आफूहरुले समय समय संघ संस्थालाई सहयोग गर्दै आइरहेको बताए । आश्रमका प्रदीप चौधरीले आफूले मनकारी संस्था व्यक्तिको सहयोग निरन्तर आवश्यक रहेको बताए । कार्यक्रम संयोजक अर्जुन कुँवरले आर्थिक अभाव रहेका संघ र संस्थालाई आफूले निन्तरण खाद्यान्न सहयोग प्रदान गर्दै आइरहेको बताए ।

    संयोजक कुँवरले आगामी दिनमा पनि सहयोगका हातहरु सहकारीले फैलाउदै जाने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा सहकारीका सल्लाहकार विक्रम खड्का लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन अशोक कुँवरले गरेका थिए । २०६८ मा स्थापना भएको सहकारीमा ६०० भन्दा बढी शेयर सदस्य रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij