२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तेस्रो गोरखा–जितगढी पदयात्रा सुरु

तेस्रो गोरखा–जितगढी पदयात्रा सुरु

तेस्रो गोरखा–जितगढी पदयात्रा सुरु

तेस्रो गोरखा–जितगढी पदयात्रा सुरु

तेस्रो गोरखा–जितगढी पदयात्रा सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, चैत्र २७ २०८१
बिहिवार, चैत्र २७ २०८१
  • बुटवल । ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिहिबारबाट तेस्रो गोरखा–जितगढी पदयात्रा सुरु भएको छ ।

    पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्की र गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले टर्च तथा झण्डा हस्तान्तरण गरी पदयात्रा शुभारम्भ गर्नु भएको हो ।

    पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन्।

    करिब २०७ कि.मि. दुरीमा सञ्चालन हुने पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढीसम्म पुगेर २०८२ वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन हुनेछ।

    कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका उप प्रमुख, नं. ३ बाहिनीका बाहिनीपति, प्रमुख जिल्ला अधिकारी, इतिहासविद्, जनप्रतिनिधि, नेपाली सेनाका अधिकृत, जिल्लास्थित सुरक्षा निकाय एवं सरकारी कार्यालयका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij