२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मगर युवा संघद्वारा शैक्षिक सामाग्री वितरण र शुभकामना आदान प्रदान

मगर युवा संघद्वारा शैक्षिक सामाग्री वितरण र शुभकामना आदान प्रदान

मगर युवा संघद्वारा शैक्षिक सामाग्री वितरण र शुभकामना आदान प्रदान

मगर युवा संघद्वारा शैक्षिक सामाग्री वितरण र शुभकामना आदान प्रदान

मगर युवा संघद्वारा शैक्षिक सामाग्री वितरण र   शुभकामना आदान प्रदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, चैत्र २९ २०८१
शनिवार, चैत्र २९ २०८१
  • बुटवल ।  नेपाल मगर युवा संघ रुपन्देहीले जिल्लामा अध्ययनरत मगर समुदायका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, नयां वर्षको शुभकामना आदान प्रदान र क्यालेण्डर विमोचन गरेको छ ।  

    संघले सामाजिक उत्तरदायीत्व अन्तर्गत रुपन्देही जिल्लामा मगर युवा संघको   समिति गठन भएका १० पालिकाका गरिव विद्यार्थीहरुलाई अध्ययनमा राहत दिन शैक्षिक सामाग्री प्रदान गरेको अध्यक्ष हेमन्त बुढाथोकीमगरले बताए । प्रत्येक पालिकावाट मगर समुदायका कक्षा ५ सम्म अध्ययनरत विद्याथीहरुमध्ये अति गरिब तथा जेहेन्दार  मध्येवाट छनोट गरि शैक्षिक सामाग्री प्रदान गर्न शुरु गरिएको अध्यक्ष  बुढाथोकीमगरले बताए । 


    यो पहिलो पटकको प्रयास भएको र यसलाई क्रमश माथिल्लो कक्षा सम्म बढाउदै लगिने पनि उनले बताए । युवाहरु लडाईका दस्ता मात्र बन्नु हुदैन सिर्जनात्मक  र सामाजिक काम  गरेर आशाको किरण  हुन् भन्ने कुरा स्थापित गर्न जरुरी रहेको समेत अध्यक्ष बुढाथोकी मगरले बताए । 


    कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकटृा, नेपाल मगर संघकी केन्द्रिय उपाध्यक्ष गीता सारु ,नेपाल मगर संघकी  केन्द्रिय उपमहासचिव कमला थापा लगायतले मगरहरुको  भाषा, संस्कृतिको संरक्षणका लागि राज्य गम्भिर हुन नसकेको, जातिय पहिचान कायम हुन नसकेको र शहिदहरुको सपना साकार पार्न मगरहरु लागि परेतापनि त्यो पुरा हुन नसकेको  गुनासो गरे ।

    मगरहरुका यावत समस्या समाधानका लागि मगर समुदाय बीचमा एकता पनि जरुरी रहेको सो अवसरमा औल्याईएको थियो ।  नेपाल मगर युवा संघ रुपन्देही उपाध्यक्ष पहल सिंह रानाको स्वागतमा शुरु भएको कार्यक्रममा सचिव खिम आलेले संचालन गरेका थिए । सोही अवसरमा नेपाल मगर युवा संघले प्रकाशन गरेको २०८२ सालको क्यालेन्डरको पनि विमोचन गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij