२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

खोलाले बगाएको डाइभर्सन बनाएपछि बुटवल–नारायणगढ सडक सञ्चालन

खोलाले बगाएको डाइभर्सन बनाएपछि बुटवल–नारायणगढ सडक सञ्चालन

खोलाले बगाएको डाइभर्सन बनाएपछि बुटवल–नारायणगढ सडक सञ्चालन

खोलाले बगाएको डाइभर्सन बनाएपछि बुटवल–नारायणगढ सडक सञ्चालन

खोलाले बगाएको डाइभर्सन बनाएपछि बुटवल–नारायणगढ सडक सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, चैत्र ३० २०८१
आइतवार, चैत्र ३० २०८१
  • बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ बजेदेखि सञ्चालनमा आएको हो ।

    विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय ठूलो ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि हिजो दिनभर सडक अवरुद्ध भएको थियो । बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा गाडी बीच बाटोमा अलपत्र परेका थिए ।

    डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने गाडी पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो भएर आवतजावत गराइएको थियो । दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीवार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ ।

    दाउन्ने क्षेत्रमा हिलो माटो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । यस क्षेत्रमा गएको बुधवारदेखि आजसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत शुरु गरिएको छ । यसैगरी भोलिदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर बिस्तारको तयारी गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij