२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक, देशको व्यथितीमाथि तिखो व्यङ्ग्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • बुटवल । अबको १ महिनापछि अर्थात जेठ २ गते देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ । बुढासुव्वा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक यस टिजर २ मिनेट ४ सेकेण्डको छ ।


    नयाँ बर्ष २०८२ को अवसर पारेर आज दिउँसो १ बजे सार्वजनिक टिजर देशको व्यथितीमाथि तिखो व्यङ्ग्य गरेर तयार पारिएको छ। टिजर हेरिसकेपछि  यस चलचत्रिमा नेपालको राजनीतिमा बाहिरी मुलुकहरूको हस्तक्षेपलाई नजानिँदो तरिकाले व्यङ्ग्य गरिएको बुझ्न सकिन्छ । टिजर हेर्नेहरुलाई नेपालमा शासन गर्ने नेताहरूले बाह्य हस्तक्षेपकर्तालाई देउता मानेर पूजा गर्ने प्रवृत्तिमाथि यस चलचित्रले राम्रैसँग कटाक्ष गरेको अड्कल काट्न खासै गाह्रो पर्दैन । 


    कमेडी जनराका चलचित्र हेर्न मन पराउनेलाई यस चलचित्र निकै मिठो खुराक बन्न सक्ने देखिन्छ । टिजरमा दिलिप रायमाझीलाई एकजना पीडित बेरोजगार युवाको रूपमा प्रस्तुत गरिएको छ, जसले बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन्।


    रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्, उनी पुराना निर्देशक हुन् । यस चलचित्रलाई पि. वि. थापाले लगानी गरेका हुन् ।
    यम आले डिओपी, मित्र डी. गुरुङ सम्पादक तथा रंग संयोजक रहेको चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय देख्न सकिने निर्माण टिमले जनाएको छ । 
    यस चलचित्रमा एकबेलाकी चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको बुझिएको छ । तर, उनको के कस्तो भुमिका छ भन्ने कुरा अहिलेसम्म स्पष्ट खुलाइएको छैन ।


    चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् । चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माण पक्षको भनाई छ ।

    निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर, सम्झिराख है, रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन् । फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij