२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रहरीले बरामद गर्याे ५९ लाखको भन्सार छलीको सामान

प्रहरीले बरामद गर्याे ५९ लाखको भन्सार छलीको सामान

८९ जना फरार प्रतिवादी पक्राउ, अवैध उत्खन्नमा ९ वटा टयाक्टर, ४ वटा जेसिभी र ७ वटा टिप्पर नियन्त्रणमा

प्रहरीले बरामद गर्याे ५९ लाखको भन्सार छलीको सामान

प्रहरीले बरामद गर्याे ५९ लाखको भन्सार छलीको सामान

८९ जना फरार प्रतिवादी पक्राउ, अवैध उत्खन्नमा ९ वटा टयाक्टर, ४ वटा जेसिभी र ७ वटा टिप्पर नियन्त्रणमा

प्रहरीले  बरामद गर्याे ५९ लाखको भन्सार छलीको सामान
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एक महिनामा ५९ लाख ५१ हजार ३ सय ६१ रुपैया बराबरको भन्सार छलीका विभिन्न वस्तुहरु बरामद गरि भैरहवा भन्सार कार्यालय चलान गरेको छ । खुला सिमाका कारण चोरी तस्करी पनि व्यापक हुने हुदा न्यूनिकरण र नियन्त्रणमा लागेकाे रुपन्देही प्रहरीले अघिल्लो महिनामा १ करोड ८ हजारको सामानहरु नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको सामान मध्ये ४ लाख ३२ हजारको किराना समाग्री, ३७ लाख ६९ हजारको सवारीसाधन, ७ लाख ६७ हजारको कपडा, ४ लाख ८४ हजारको कुखुरा तथा माछा। र ४ लाख ७२ हजारको अन्य सामान रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुरज कार्कीले भने । 

    यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चैत्र महिनामा ८९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समय रूपन्देही प्रहरीले अभियानकै रुपमा कार्य अगाडि बढाएको छ  । चैत्र महिनामा ८९ जना फरार प्रतिवादी पक्राउ गरि ४५ वर्ष ९ महिना १३ दिन र ४४ लाख २२ हजार ४ सय ९४ रुपैया जरिवाना असुल उपर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । कार्यालयका अनुसार सजाय अवधि तोकिएको २० वर्ष पछि २७ जना, १५ वर्ष पछि ११ जना, १० वर्ष पछि २१ जना, ५ वर्ष पछि १५ जना र ५ वर्ष भन्दा कमको अवधिका १५ जना गरि कुल ८९ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको छ, अघिल्लो महिनाम ११३ जना पक्राउ परेका थिए । 

    रुपन्देही प्रहरीले नियमित कामसगै पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा लागेको बताउदै कहिले कम कहिले बढि रुपमा फरार प्रतिवादीहरु पक्राउ गरिरहेका छौ । सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतिको रुपमा रहेकोले पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रंजित सिंह राठौरले भने । फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छौ, जसका लागि हामीले अभियान नै चलाएर निर्ममताका साथ काम गरिरहेको एसपी राठौरले भने  ।

    यसै अवधिमा जिल्ला कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुबाट अबैध माटो तथा बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ९ वटा टयाक्टर, ४ वटा जेसिभी र ७ वटा टिप्पर, हाइबा बरामद गरि आवश्यक कारवाहीको लागी सम्बन्धित पालिकाको कार्यालयमा पठाईएको ७ लाख ०८ हजार १३६ रुपैया जरिबाना भएको बताए । 

    यसै अवधिमा जिल्लामा १४८ वटा विभिन्न मुद्दाहरु दर्ता भएको र ५३ वटा फछर्यौट भएको छ, दर्ता भएको मुदा मध्ये ९९ जनालाई पक्राउ गरिएकोमा ४६ जना फरार रहेकोले खोजी कार्य भइरहेको छ । चैत्र महिनामा घरेलु हिंसाको ५४ वटा उजुरी आएकेमा ३७ जनालाई सहमती गरि पठाइएको छ भने १७ वटा बाकी रहेको छ । एक महिनामा १६ जनालाई आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ जसमध्ये बढि १९ वर्ष देखि ३५ वर्षको उमेर समूहमा रहेका छन । प्रहरीले नियमित कामसँगै समुदायसँग साझेदारीको कार्यक्रम पनि व्यापक रुपमा गर्ने गरेको छ विभिन्न सचेतनामुलक कार्यक्रम जिल्ला भर २०८ वटा गरेकोमा ८ हजार ४३ जना लाभन्वित भएको कार्यालयले जानकारी दिएको छ । 

    यस्तै यस अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय एवं मातहतको संयुक्त टोलीबाट गरिएको सवारीसाधान चेकिङ्गबाट ३ हजार ८ सय ३६ वटा सवारी साधान कारवाही गरि ४३ लाख ३६ हजार राजश्व संकलन भएको छ । 

    collage (6) copy.jpg
    undefined

    पल्लिो समय रुपन्देहीमा लागुऔषधको गतिविधीहरु पनि बढ्दो रहेको पाइएको छ , न्यूनिकरण भएको लागु औषधको प्रयोग र विक्री वितरण पछिल्लो समय बरामद भएको तथ्याङकले पुनः मौलाउदै गएको देखिन्छ । कार्यालयले लागु औषध सहित विभिन्न ५ वटा ठूला घटनाबाट ४० ग्राम ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको छ । यस्तैै १९ किलो गाजाm ७२ सेट डाइजेपाम, फेनारगन  नुफिन, १६३ ग्राम ब्रोउन सुगर, १७० वटा नाइट्राभेट टयाबलेट, र ५५ वटा क्याप्सुल सहित ३३ जनलाई पक्राउ गरेको छ ।  यस्तै चैत्र महिनामा ५१ वटा मोबाइल हराएको निवेदन परेकोमा १५ वटा फेला पारि सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । 

    मौसम परिवर्तन सँगै रुपन्देहीमा आगालागीको घटना पनि बढेको छ । चैत्र महिनामा मात्रै ९ वटा आगलागाी को घटना भई २ जना घाइते भएका छन भने ३३ लाख ४४ हजारको क्षति र ७ वटा गोठमा क्षति भएको छ । यस्तैै जिल्लामा विभिन्न निवेदनको ६ सय ४९ वटा ठाडो उजुरी परेकोमा अधिकांस शान्ति सुरक्षा र लेनदेनको रहेको कार्यालयले जानकारी दिएको छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij