२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कङ्के देउराली र रोल्मा तिखेचुलीः आकर्षक पर्यटकीय थलो

कङ्के देउराली र रोल्मा तिखेचुलीः आकर्षक पर्यटकीय थलो

कङ्के देउराली र रोल्मा तिखेचुलीः आकर्षक पर्यटकीय थलो

कङ्के देउराली र रोल्मा तिखेचुलीः आकर्षक पर्यटकीय थलो

कङ्के देउराली र रोल्मा तिखेचुलीः आकर्षक पर्यटकीय थलो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • मदाने । गुल्मी जिल्लाको पश्चिमी भागमा रहेको मदाने गाउँपालिका उच्च पहाडी क्षेत्रको बिचमा समथर बेँसीसहित विविध भौगोलिक बनावटले सुन्दर छ ।यो क्षेत्र समग्र देशको सुन्दर पहाडी आकर्षणयुक्त भुगोलहरूको प्रतिविम्ब हो । साविकको अग्लुङ्ग, बाँझकटेरी, भनभने, मलागिरी, म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गाविस मिलेर बनेको यो गाउँपालिकामा कङ्के देउराली, रोल्मा तिखेचुली, पुर्कोटकोट, मदाने लेक, टोप्रे लेक, पुर्कोट दह, जस्ता धार्मिक तथा पर्यटकीय स्थल रहेका छन् ।


    जैविक विविधताले भरिपूर्ण यो गाउँपालिका समुन्द्र सतहबाट न्यूनतम एक हजार मिटरभन्दा माथि उचाईदेखि २६९० मिटरमाथि जैविक विविधता भएको कारण यहाँको हावापानी उचाई तथा समय अनुरूप फरक–फरक छन् । गाउँ क्षेत्रका बेँसीहरूमा उष्ण, पहाडी भेगमा समशितोषण र महाभारतमा पहाडमा शितोष्ण प्रकारका हावापानी पाइन्छन् ।

    खासगरी वडा नं. ६ को कङ्के देउराली जुन समुद्री सतहदेखि २९५० मिटरको उचाईमा छ, यसलाई गुरुयोजना नै बनाएर आकर्षक पर्यटकीय थलो बनाउन गइरहेका छौं । कङ्के देउराली साविकको लुम्बिनी अञ्चलको सबैभन्दा अग्लो लेक हो । पश्चिममा रहेका प्यूठानको झिमु्रक र अर्घाखाँचीको मालारानीबाट गुल्मी प्रवेश गर्ने प्रवेशद्वार पनि कङ्के देउराली भएकाले यहाँ आकर्षक प्रवेशद्वार पनि बन्दैछ । यहाँ संघीय सरकारले पनि लगानी गर्दैछ ।  कङ्के देउराली अबको केही वर्षमा आन्तरिक र बाह्य पर्यटकको रोजाइको थलो बन्नेमा दुई मत छैन । यहाँ एक अर्ब लागतको गुरुयोजनाअनुसार बहुउद्देश्यीय जलाशय बनाइ खानेपानी, सिँचाइ र पर्यटनको एक साथ विकास गर्ने प्रकृया सुरु भइसकेको छ । कङ्के देउराली डाँडाबाट धौलागिरीसहितका उच्च हिम श्रृंखलाका साथै गुल्मी, प्यूठान र अर्घाखाँचीका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिन्छ ।  मदाने लेकमा रहेको पुरानो मनकामना मन्दिर पनि धार्मिक पर्यटकका लागि गन्तव्यस्थल हो । 

    यस्तैगरी वडा नं. ७ मा रहेको रोल्मा तिखेचुलीमा पनि १३ करोडको गुरुयोजना बनेको छ । यहाँ मनकामना मन्दिरसहित पार्क बनाउने योजना छ । यहाँ  जीपलाइन र स्काइ साइक्लिङसहितका पूर्वाधार पनि बन्ने छन् । वडा नं. ४ को पुर्कोटकोट पनि पर्यटकका लागि आकर्षणयुक्त ठाउँ हो । गोलपोखरी अर्थात् पुर्कोट दह पनि पुरातात्विक सम्पदा हो । यसको सौन्दर्यीकरण कार्यक्रम अघि बढेको छ ।  सालझण्डी–ढोरपाटन सडक निर्माण सम्पन्न हुँदा मदाने गाउँपालिका पर्यटनको हब बन्नसक्ने विश्वासले पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढेका छन् ।  पर्यटकलाई यहाँका स्थानीय उत्पादन बिक्री गरेर यहाँका बासिन्दाको आयआर्जन बढाउन सकिन्छ । टिमुर, कोदो, जडीबुटी, किबी बाहिरबाट आउने पर्यटकका लागि अर्गानिक खाद्य वस्तु भएकाले यी वस्तु खरिदका लागि पनि मान्छे आउँछन् । 

    पहाड छाडेर तराईमा बसाई सर्ने परिपाटी रोक्न अब पहाडमै पर्यटकीय पूर्वाधार बनाउने अर्गानिक कृषिलाई बढावा दिने गाउँपालिकाको नीति छ । (गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का र प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीसँग गरिएको कुराकानीमा आधारित )

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij