गौरीशंकर जयसवाल
परासी । नेपाल कम्युनिस्ट पार्टी एमाले नवलपरासी पश्चिम जिल्ला कमिटिले सम्मान गरेको छ ।नेपाल कम्युनिस्ट पार्टीको ७६ ओै स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनवल नगरपालिका मेयर बिमला अर्यालले आज एक कार्यक्रमको बिचमा पार्टी बिगत लामो समयसम्म योगदान पुयाएकोलाई सम्मान गरेकी हुन ।सम्मान गदै अर्याले जनताको समस्य सामाधान गर्ने एमाले नै भएको बताईन । उनले भनिन् सर्वहारा गरिबी निमुखाकोे पार्टी एमाले नै हो ।पार्टीले गरेका राम्रो कामको जनस्तरमा प्रचारप्रसार गर्न नेताकार्यकर्ता लाई अग्रह गरिन ।
विगत कठिन परिस्थितिमा पार्टीको विकास तथा लोकतान्त्रीक गणतन्त्र प्राप्तिको लागि पु(याएको योगदान उच्च मुल्यांकन गदै अग्रजलाई पार्टीले सम्मान गरिएको पार्टी जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले जानकारी दिए । ५१ जना लाई विगत कठिन परिस्थितिमा पार्टीको विकास तथा लोकतान्त्रीक गणतन्त्र प्राप्तिको लागि पु(याएको योगदान उच्च मुल्यांकन गदै सम्मान गरिएको पार्टीका जिल्ला सचिव धज शर्मा बस्यालले जानकारी दिए ।
सम्मान कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार खिमला पोख्ररेल,पार्टीका केन्द्रीय स्कुल बिभागका सदस्य बद्री खनाल,पार्टीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी , सहसचिव राजन अर्चायाले लगायतले धारणा राखेका थिए ।२०२८ सालमा झापा बिद्रोहबाट सशक्त आन्दोलनबाट २०३५सालमा मालेबाट स्थापना भएको र माले हुँदै एमाले पार्टी भएको हो




