२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पण्डितपुरमा दोस्रो पटक उत्खनन् : महत्वपूर्ण सामग्रीहरू फेला

पण्डितपुरमा दोस्रो पटक उत्खनन् : महत्वपूर्ण सामग्रीहरू फेला

पण्डितपुरमा दोस्रो पटक उत्खनन् : महत्वपूर्ण सामग्रीहरू फेला

पण्डितपुरमा दोस्रो पटक उत्खनन् : महत्वपूर्ण सामग्रीहरू फेला

पण्डितपुरमा दोस्रो पटक उत्खनन् : महत्वपूर्ण सामग्रीहरू फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • केशव पराजुली

    नवलपरासी
     गौतमबुद्धको मावली स्थल कोलीय राज्यको राजधानी पण्डितपुरमा दास्रो उत्खनन् सकिएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १४ पण्डितपुरमा एक महिनाको उत्खनन् सकिएको हो   ।


    रामग्राम नगरपालिकाको पहलमा दोस्रो पटक गरिएको उत्खनन्बाट बुद्ध कालीन महत्वपूर्ण सामग्री फेला परेको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताए । नगरप्रमुख यादव बारम्बार पुरातत्व विभाग, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर पण्डितपुरमा दोस्रो पटक  पाँच स्थानमा उत्खनन् गर्दा बुद्धकालीन महत्वपूर्ण सामग्रीहरु फेला परेको नगरपालिकाले जनाएको छ । दोस्रो पटक पण्डितपुरमा पुरातत्वविदको टोलीले एक महिना लगाएर उत्खनन् गरेका हुन् । 


    पछिल्लो उत्खनन्बाट महत्वपूर्ण पुरातात्विक सामग्री फेला परेका छन् । उत्खनन्का क्रममा पुरातात्विक र बुद्ध कालीन दरबारको पर्खालका संरचना भेटिएका छन् । उत्खनन्मा कतिपय पुराना घर बनाउँदा गाडीएका खम्बाका डोबहरु भेटिएका छन् । रामग्राम नगरपालिकाका प्रमुख धपत यादवको निरन्तरको प्रयासले पण्डितपुरको उत्खनन् अगाडि बढेको स्थानीय सहलाद बनियाँले बताए । उनका  अनुसार बुद्धको मावलीका नामले परिचित पण्डितपुरलाई रामग्राम नगरपालिकामा नगरप्रमुख धनपत यादव आएपछि यहाँको अवस्था केहि फेरिएको र कामले गति लिएको छ । गौतमबुद्धको मावलीस्थल पण्डितपुरमा रहेको ३२ विगाहा जग्गाको नगरपालिकाले संरक्षण गर्नुपर्ने र केही नम्बरी जग्गा समेत अतिक्रण गरेर यसक्षेत्रको विकास र बिस्तारमा लाग्न जरुरी रहेको उनको भनाइ छ ।  


    विसं. २०५९ देखि अध्ययन सुरु गरिएको पण्डितपुर उत्खनन्को काम २०७१ सम्म आउँदा विभिन्न चरणमा गरिएको उत्खनन्ले पण्डितपुर प्राचीन कोलीय राज्यको राजधानी भएको प्रमाणित भइसकेको छ । 


    पुरातत्व विभागका अधिकृत भाष्कर ज्ञवालीले उक्त क्षेत्रको उत्खनन्को नेतृत्व गर्दै आएका छन् ।  पुरातात्विक एवम् ऐतिहासिक महत्त्वको क्षेत्रमा भइरहेको अतिक्रमण रोक्नका लागि रामग्राम नगरपालिकाले केही प्रयास सुरु गरेको छ ।  पण्डितपुर क्षेत्रको वरिपरिको करिब ४० विगाहा क्षेत्रफलको जमिन पुरातत्व विभागले अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको छ । पुरातात्विक महत्त्वको बारेमा पहिलो पटक २०५९ मा उत्खनन् गरि एपछि उक्त क्षेत्रमा प्राचीन कालिन महत्त्वका बस्तु रहेको पाइएको थियो । 


    पुरातात्विक महत्त्वको क्षेत्रका कतिपय स्थानमा स्थानीयहरुको पहिलेदेखि नै बस्ती रहेको पाइन्छ । स्थानीयहरुले पुरातात्विक महत्त्वको कतीपय क्षेत्रमा घर बनाउने, सार्वजनिक भवन, माछा पालनका लागि पोखरी, ईनार खन्र्नेलगायतका भौतिक संरचना निर्माण गर्दै आएका थिए । गाउँलेहरुले पोखरी खन्दा, इनार बनाउँदा र घर बनाउन जग खन्दा समेत अनेक पटक पुरातात्विक महत्त्वका ऐतिहासिक कालका माटाका भाडा, चुरा लगाएत अनेक बस्तुहरु भेटिएउने गरेका थिए । रामग्राम नगरपालिकाले पछिल्लो समयमा त्यस क्षेत्रमा भौतिक संरचना बनाउनमा रोक लगाएको छ ।


     उक्त स्थानमा ३२ विगाहा जग्गा रहेको र अन्य जग्गामा समेत अतिक्रमण गर्न संघ सरकारसँग अनुरोध गर्ने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij