बुटवल । बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल आइएमइ बैंकबिच सहकार्य सम्झौता भएको छ । बुटवल हस्पिटल प्रालिले उपचारका लागि बंैकमार्फत् आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ ।
त्यसैगरी बैंकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासँगै दुई संस्थाका बिचमा व्यवसायिक तथा अन्य सहकार्यको बाटो खुलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेल र ग्लोबल आईएमई बैक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बताए ।
दुई संस्थाबिचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रालिका मेडिकल निर्देशक डा.कृष्ण खनाल, जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का, बैंककातर्फबाट प्रदेश प्रमुख सिवाकोटीसँगै जोगलाल भुषाललगायतले धारणा राखेका थिए ।
२५ वर्षअघि बुटवल हस्पिटल लाइनमा स्थापना भएको बुटवल हस्पिटल प्रालि अहिले एक सय शैयामा सञ्चालनमा छ ।




