२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

हत्या गरिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि गरिने

हत्या गरिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि गरिने

हत्या गरिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि गरिने

हत्या गरिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि गरिने

हत्या गरिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि गरिने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  •  बुटवल । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको अन्त्येष्टि त्रिवेणीमा गरिने भएको छ ।

    उनका आफन्तका अनुसार पश्चिम नवलपरासीसँग सीमा जोडिएको त्रिवेणीमा आजै अन्त्येष्टि गर्न लागिएको हो ।

     


    मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले सुदीपको गोली हानेर हत्या गरेका थिए । उनको शव आज बिहान घर ल्याइएको हो ।

    २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।

     


    त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।

     

    भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि घर आइपुगेका छन् ।

     

    कश्मिरमा आतंकवाद, नेपालमा शोक

    उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए ।

    आमाबुवाको सम्बन्ध विच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडानम्बर ४ हो ।

     

    शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर थाहा पाएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij