२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नौ महिनामा यूएईमा २२६ नेपालीले गुमाए ज्यान

नौ महिनामा यूएईमा २२६ नेपालीले गुमाए ज्यान

नौ महिनामा यूएईमा २२६ नेपालीले गुमाए ज्यान

नौ महिनामा यूएईमा २२६ नेपालीले गुमाए ज्यान

नौ महिनामा यूएईमा २२६ नेपालीले गुमाए ज्यान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं । बितेको नौ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाउने नेपालीको संख्या २२६ पुगेको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिना (०८१ साउनदेखि चैत मसान्तसम्म) मा उनीहरूको मृत्यु भएको हो ।

    दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ को साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो नौ महिनामा यूएईमा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।

    गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष यूएईमा प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु भएको थियो । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij