२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

न्यायका लागि पत्रकारहरु धर्नामा, पत्रकार महासंघकाे ऐक्यबद्धता आन्दोलन जारी राख्नु पर्छ: अध्यक्ष शर्मा

न्यायका लागि पत्रकारहरु धर्नामा, पत्रकार महासंघकाे ऐक्यबद्धता आन्दोलन जारी राख्नु पर्छ: अध्यक्ष शर्मा

न्यायका लागि पत्रकारहरु धर्नामा, पत्रकार महासंघकाे ऐक्यबद्धता आन्दोलन जारी राख्नु पर्छ: अध्यक्ष शर्मा

न्यायका लागि पत्रकारहरु धर्नामा, पत्रकार महासंघकाे ऐक्यबद्धता आन्दोलन जारी राख्नु पर्छ: अध्यक्ष शर्मा

न्यायका लागि पत्रकारहरु धर्नामा, पत्रकार महासंघकाे ऐक्यबद्धता आन्दोलन जारी राख्नु पर्छ: अध्यक्ष शर्मा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • भैरहवा । पत्रकारकाे सुरक्षा र पत्रकार राधेश्याम विश्वकर्मामाथि दुर्ववहार गर्ने तस्करलाई पक्राउको माग राख्दै रूपन्देहीका पत्रकार बिहिबार देखि धर्ना बसेका छन् । यस अघि जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई २४ घण्टे अल्टिमेटम दिदै पत्रकारहरुले आरोपीलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । 

    आफ्नो मागहरुबारे प्रशासन गम्भिर नभएको आरोप लगाउदै भैरहवा स्थित लुम्बिनी प्रेस क्लबले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा धर्ना प्रदर्शन गरेको हाे । पहिलो चरणको आन्दोलन अन्र्तगत पहिलो दिन धर्ना दिने, दोश्रो दिन सबै पत्रकार धर्ना दिनुको साथै हातमा कालो पट्टि बाँधेर काम गर्ने र तेश्रो दिन आईतबार सञ्चार सामाग्री प्रदर्शन गर्दै धर्ना गर्ने सम्मको कार्यक्रम तय गरिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए ।पहिलो चरण आन्दोलन अन्र्तगत पनि प्रशासनले माग पुरा नगरे सोमबार देखि अझ शसक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने रायमाझीले बताए । 

    यसै बिच नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष निर्मला शर्माले रूपन्देहीको पत्रकारहरुको आन्दोलन केन्द्रिय समितिको आन्दोलनको रुपमा रहेको बताइन ।

    उनले आरोपी पक्राउ नपरे सम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने र आवश्यक परे यसलाई केन्द्रसम्मै पु¥याइने बताइन । “आज लोकतन्त्र दिवस समेत हो, यो दिन एउटा पत्रकारको न्यायको लागि जिल्ला प्रशासन कार्यालयमा उभिनु दुखद हो ।” शर्माले भनिन  “अहिले हामी सुरेश रजकको न्यायको लागि पनि आन्दोलनमा छौं त्यस्तो अवश्थामा पत्रकारमाथी आक्रमण गर्ने पक्राउ नपरे यसले आन्दोलनको अर्को रुप लिनेमा सचेत गराउन चाहन्छु ।”

    उनले पत्रकारको फुटेज  पुलिसकै राेहबरमा डिलिट गराउनु पत्रकारले मिडियामा दिने कन्टेन्ट नै असर पर्ने हुदा यस यो विषय सामान्य नभएको उनको जिकिर थियो । 

    यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले प्रहरीकै उपस्थितिमा भिडियो डिलिट गर्न लगाउनु र हिरासतबाटै तस्कर भगाउनुले प्रहरी र तस्करको सम्बन्धबारे स्पष्ट पारेको बताए । उनले आरोपीलाई पक्राउ गरि कारवाही गर्नु नै पत्रकारहरुको एकसुत्रिय माग रहेको स्पष्ट पारे । 

    रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रशासनले यो घटनालाई गम्भिरतापूर्वक लिएको बताए । उनले लापारवाही गर्ने प्रहरी अधिकृतहरुलाई स्पष्टिकरण सोधिएको र आरोपीलाई पक्राउ गर्न पक्राउ पूर्जि समेत जारी भइसकेको बताए । “आरोपी भारतमा गएर लुकेका छन्, हामीले भारतीय प्रहरी संग समन्वय गरि पक्राउ गर्न टोलीहरु खटाएका छौं ।” प्रजिअ घिमिरेले भने “घटनालाई किनारा लगाउन हामीले कुनै प्रकारको ढिलाई गरेका छैनौं ।”

    प्रजिअ घिमिरेले प्रहरी हिरासतबाट आरोपी भाग्नुले प्रहरीको कमजोरी देखिएकोले यसमा दोषी देखिने प्रहरीलाई पनि कारवाही गर्ने आश्वासन दिए । प्रजिअ घिमिरेले पत्रकारहरुलाई आश्वस्त पार्न खोजे पनि पत्रकारहरुले प्रहरी प्रति अब विश्वास गर्ने वातावरण नरहेको भन्दै आन्दोलन नरोकिने स्पष्ट पारे ।

    पत्रकार विश्वकर्मा सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहितको प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको अनुगमनको समाचार संकलन जाने क्रममा मर्चवारकै दिपेश यादव नाम बताउने युवाको समूहले दुव्र्यवहार गरेको थियो । बाटोमै भईरहेको अवैध ओसार प्रसारको भिडियो खिच्ने क्रममा यादव सहितको टोलीले विश्वकर्माको क्यामेरा, मोटरसाईकलको साँचो, पत्रकार परिचय पत्र खोसेर उनलाई पनि केही बेर नियन्त्रणमा राखेको थियो । पछि प्रहरी आए पछि प्रहरीकै अगाडी क्यामेरामा भएको दृश्य उक्त समूहले मेटाउन लगाएको थियो । 

    यस विषयमा पत्रकार विश्वकर्माले ईलाका प्रहरी कार्यालय मझगावामा जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न दिपेश यादवलाई पक्राउ गरेको थियो । सोही दिन पक्राउ गरेको आरोपी यादवलाई ईलाका प्रहरी कार्यालय मझगावाबाट नै भगाईएको थियो । सोही विषयलाई लिएर अहिले लुम्बिनी प्रेस क्लब आन्दोलनमा होमिएको छ । क्लबको आन्दोलनमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समिति लगायत विभिन्न पेशागत संग संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij