२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन

परासीमा बजार अनुगमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • परासी । पश्चिम नवलपरासीमा  बजार अनुगमन गरिएको छ। संयुक्त जिल्ला बजार अनुगमन समिति नवलपरासीले जिल्लाको 

    रामग्राम नगरपालिका र सरावल  गाउँपालिकामा रहेका बजारका किराना पसलहरूमा अनुगमन गरेको हो । संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोेजक एव सहायक प्रमुख जिल्ला अधिकारी पोषण भण्डारी नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयका  उद्योग अधिकृत पुरूषोत्तम पौडेल,उपभोक्ता हित संरक्षण मञ्चकी  अध्यक्ष सरस्वाती शर्मा,घरेलु तथा साना उद्योग कार्यालयका मनोज चौधरी पत्रकार लागयतको टोलीले रामग्राम नगरपालिका र सरावल  गाउँपालिकामा  रहेका बजारका किराना पसलहरूमा अनुगमन गरेको थियो ।

     

    अनुगमनको क्रममा किराना पसलमा म्याद म्याद गुज्रेको अखाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोेजक एव सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।उनको अनुसार नेपालमा प्रतिबन्धित रहेको सेतो अण्डा २५ क्यारेट १६ वटा नियन्त्रणमा नष्ट गरिएको बताए ।

     

    अनुगमनको क्रममा अखाद्य बस्तु म्याद गुज्रेको सामना र सेतो अण्डा २३ हजार तीन सय ४ रूपैयाँ बराबरको नियन्त्रणमा लिई नष्ट गरिएको घरेलु तथा साना उद्योगक कार्यालयका उद्योग अधिकृत पुरुषोत्त पौडेलले जानकारी दिए ।

     

    रामग्राम नगरपालिका र सरावल  गाउँपालिकामा रहेका बजारका किराना १० वटा पसलमा अनुगमन गरिएको अनुगमन समितीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij