२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सबैको साकोसद्वारा जेष्ठ सदस्यलाई केबलकार भ्रमण र सम्मान

सबैको साकोसद्वारा जेष्ठ सदस्यलाई केबलकार भ्रमण र सम्मान

सबैको साकोसद्वारा जेष्ठ सदस्यलाई केबलकार भ्रमण र सम्मान

सबैको साकोसद्वारा जेष्ठ सदस्यलाई केबलकार भ्रमण र सम्मान

सबैको साकोसद्वारा जेष्ठ सदस्यलाई केबलकार भ्रमण र सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • तिलोत्तमा । सबैको बचत तथा ऋण सहकारी संस्था लि.को चौथो एकीकरण दिवशको सन्दर्भमा बैशाख १० गते संस्थाका ७५ वर्ष माथीका जेष्ठ सदस्यहरुलाई भ्रमण तथा सम्मान र मानव सेवा आश्रम मोक्षधाममा अक्षय कोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 
    संस्थामा कृयाशिल ७५ बर्ष पार भएका सदस्यहरुलाई केवलकारबाट पाल्पा स्थित बसन्तपूर भ्रमण गराइएको थियो । विगत बर्षमा जस्तै संस्थाले यस बर्ष पनि जेष्ठ सदस्य भ्रमणको आयोजना गरेको हो ।

    जेष्ठ सदस्यहरुको भ्रमण पश्चात संस्थामा आयोजित कार्यक्रममा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्था र समाजमा लामो योगदान दिएका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको हो । यस बर्ष ७५ बर्ष पार भएका १३ जना मध्ये १० सदस्यहरु भ्रमण तथा सम्मान कार्यक्रममा सहभागि हुनु भएको थियो ।

    c298dd79-9175-4161-881a-398bd45d7e5d.jpeg

    संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षता तथा संस्थाका बरिष्ठ सदस्य प्राध्यापक डाक्टर गणेश पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । जेष्ठ सदस्यहरुलाई संस्थाका सल्लाहकारहरु प्रा.डा. रामचन्द्र आचार्य, श्री रामचन्द्र ढकाल, प्रोस्कुन लुम्बिनीका अध्यक्ष श्री कृष्णप्रसाद नेपाल, राजेन्द्र सुवेदी, गायत्री पाण्डेयले दोसल्ला, रुद्राक्ष माला र कदर पत्र सहित सम्मान गर्नु भएको थियो ।

    कार्यक्रमको बारेमा संस्थाका अध्यक्ष भूसालले समाज र परिवार एकाकी हुदै गएको अवस्थामा परिवारका जेष्ठ सदस्यहरुले एक्लो महसुस गर्नु परेकोछ । जेष्ठ सदस्यहरु लामो अनुभव, ज्ञान र ब्यवहारको संग्रहहरु हुन, उनिहरुको ज्ञान र अनुभवले समाजलाई अग्रगति दिन निर्देशित गर्ने हुदा उनिहरुको सम्मान आवश्यक रहेकोले संस्थाले एकीकरण दिवसको सन्दर्भमा हरेक बर्ष जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्ने गरेको बताए ।

    प्रमुख अतिथि प्रा.डा. गणेश पाठकले जेष्ठ सदस्यहरु परिवारको असल परम्परा र संस्कारका प्रवद्र्धक भएकाले उनिहरुको सम्मान गर्ने कार्य छाड्न नहुने बताए । संस्थाका सल्लाहकार  रामचन्द्र ढकालले संयुक्त परिवारमा हजुर बा हजुर आमाले नाति नातिनीहरुलाई समाज, संस्कृति र परम्पराको ज्ञान हस्तान्तरण गर्ने हुँदा संस्कृति र परम्पराको जगेर्ना गर्न पनि पाको पुस्ताको सम्मान र उनिहरु संगै रहने बातावरण आवश्यक रहेको बताए । 

    83645199-98dc-457e-9a7f-82dd6a0bf03e.jpeg

    सम्मानित जेष्ठ सदस्य देवि प्रसाद पाण्डेयले सहकारीले पाको पुस्तालाई सम्मानित गरेर आफुहरुलाई उत्साहित गराएको बताए ।  शारिरिक कमजोरी बाहेक जेष्ठ नागरिकहरुमा विगतका अनेक अनुभव, ज्ञान र इतिहास रहने हुदा परिवार र समाजले जेष्ठ नागरिकहरुबाट ति विषयमा लाभ लिन सक्नु पर्ने बताए । सम्मानित सदस्य बाबुराम न्यौपानेले भ्रमणको अनुभव सुनाउदै एकै बर्ष समूहका धेरै ब्यक्तिलाई भेटघाट, भ्रमण र सम्मानको अवसर जुराइदिएकोमा संस्थालाई धन्यवाद दिए ।

    सोही कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ६ स्थित मानव सेवा आश्रमलाई संस्थाको सामुदायिक विकासमा सहकार्य अन्तर्गत अक्षयकोषका लागि रु. २५ हजार हस्तान्तरण गरिएको थियो । संस्थाका सचिव देवानन्द पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं भ्रमण कार्यक्रम संयोजक चुरामणि पाण्डेयले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरे ।

    सबैको साकोस वि.सं. २०७७ चैत्रमा ११ वटा सहकारी संस्था एकीकृत भई सञ्चालनमा रहेको छ । यसै बर्ष सहकारी दिवसका अवसरमा सबैको साकोस लुम्बिनी प्रदेश कृषि, भूमिब्यवस्था र सहकारी मन्त्रालयबाट उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत संस्था हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij