बुटवल । एम्स कलेज, बुटवलले नव प्रवेशी बीबीएस प्रथम वर्षका विद्यार्थीहरूको स्वागत र बीबीएस चौथो वर्षका विद्यार्थीहरूको बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कलेजका प्रमुख दीपक ढकालले विद्यार्थीहरूमा आपसी सहयोग, सहकार्य, सम्मान र समन्वयको भावना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आयोजना गरिने गरेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा कलेज व्यवस्थापन समिति अध्यक्ष मनहरि बस्यालले विद्यार्थीहरूले उन्नतिको लागि प्रतिस्पर्धात्मक क्षमता विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्कलर्स होम बोर्डिङ स्कुलका सह-प्राचार्य टिकाराम गौतम, प्लस टु संयोजक चेत नारायण पन्थी, र प्रमुख प्रशासनिक अधिकृत राजु भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको सफलताको शुकामना ब्यक्त गरेका थिए । औपचारिक तथा अनौपचारिक सत्रमा विभाजित कार्यक्रमको सञ्चालन बीबीएस तेस्रो वर्षका विद्यार्थी सुस्मिता खत्री र करण खड्काले गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। विद्यार्थी करिश्मा तिवारी, सरिता चौधरी र अनिता महतले धन्यवाद मन्तव्य राखेका थिए भने त्रिभुवन विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो।
बिदाइ हुने विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।कार्यक्रममा विद्यार्थी, कर्मचारी, प्राध्यापक एवम् कलेज व्यवस्थापन समितिका पदाधिकारिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बिबिएस तेश्रो बर्षकी पुष्पा न्यौपानेको सभापतित्वमा भएको थियो ।




