२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात

आज चिया दिवस : तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाण्डौ । आज २९औँ राष्ट्रिय चिया दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् ।

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज पुल्चोकको हरिहरभवनमा चिया प्रदर्शनी गर्ने जनाएको छ । नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । त्यस क्रममा देशका विभिन्न जिल्लाहरूमा उत्पादन हुने चिया एकै ठाउँमा प्रदर्शन गरी चिया किसान, मजदुर, सहकारी, उद्योगी÷व्यवसायी, सरोकार भएका संघसंस्थाका प्रतिनिधिबीच छलफल गरिने बोर्डले जनाएको छ ।

    चालू आर्थिक वर्षको चैत मसान्तसम्म तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको छ । बोर्डले यस वर्ष चियाको निर्यात  चार अर्ब ५० करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान रहेको जनाएको छ ।

    बोर्डका अधिकृत चन्द्र पुरीले नेपालको चिया क्षेत्रले करिब ६० हजार रोजगारी सिर्जना गरेको र १७१ ‘टि स्टेट’ र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्र रहेको जानकारी दिनुभयो । नेपालमा १५ हजारभन्दा धेरै चिया किसानहरु छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij