२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाकिस्तानले नियन्त्रण रेखामा खसाल्यो भारतीय ड्रोन

पाकिस्तानले नियन्त्रण रेखामा खसाल्यो भारतीय ड्रोन

पाकिस्तानले नियन्त्रण रेखामा खसाल्यो भारतीय ड्रोन

पाकिस्तानले नियन्त्रण रेखामा खसाल्यो भारतीय ड्रोन

पाकिस्तानले नियन्त्रण रेखामा खसाल्यो भारतीय ड्रोन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • काठमाडौं । पाकिस्तानी सेनाले मंगलबार कश्मिरको नियन्त्रण रेखा नजिक भारतीय क्वाडकप्टर ड्रोन खसालेको जनाएको छ । पहालगाम आक्रमणपछि चर्किएको तनावबीच यो घटना भएको हो ।गत २२ अप्रिलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटक थिए । यो सन् २००० यताकै कश्मिर क्षेत्रमा भएको सबैभन्दा घातक हमला मानिएको छ ।

    सुरुमा जिम्मेवारी लिएको ‘कश्मिर रेसिस्टेन्स’ समूहले पछि भने स्पष्ट रूपमा आक्रमणमा संलग्नता अस्वीकार गरेको छ ।भारतले यो आक्रमणमा सीमा पारको संलग्नता देखाएको छ भने पाकिस्तानले यसको कडा खण्डन गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक निष्पक्ष छानबिनको माग गरेका छन्।

    पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमहरूले मनावर सेक्टर, भिम्बर जिल्लामा भारतीय ड्रोनले निगरानीको प्रयास गरेको र त्यसलाई पाकिस्तानी सेनाले समयमै कारबाही गर्दै खसाल्न सफल भएको उल्लेख गरेका छन् ।रेडियो पाकिस्तान र पीटीभी न्यूजले सरकारी सुरक्षास्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन्।

    सुरक्षा स्रोतले यो घटना पाकिस्तानी सेनाको सतर्कता, पेसागत क्षमता र सुरक्षात्मक तयारीको स्पष्ट प्रमाण भएको बताएका छन्। ‘पाकिस्तानी सेना शत्रुको कुनै पनि आक्रमणको तुरुन्त र प्रभावकारी जवाफ दिन सधैं तयार छ,’ समाचारमा भनिएको छ।

    यो घटनासँगै पछिल्लो पाँच रातदेखि नियन्त्रण रेखामा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान भइरहेको खबरहरू आएका छन् । यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतबाट सम्भावित आक्रमणको आशंका व्यक्त गर्दै पाकिस्तान तयार रहेको बताएका छन् ।

    उनले रोयटर्सलाई भने, ‘हामीले सेना बलियो बनाएका छौं, किनभने अवस्था गम्भीर देखिएको छ। त्यसैअनुसार रणनीतिक निर्णयहरू भइसकेका छन् ।’ एक टीभीसँगको अन्तर्वार्तामा उनले ‘युद्धको खतरा क्षितिजमा देखिन थालिसकेको’ चेतावनी दिए । उनले जिओ न्यूजसँग भने, ‘आउँदो दुई–तीन दिन निर्णायक हुनेछन् ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij