२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल हस्पिटल संग सेवानिवृत्त सस्थाको उपचार सम्झौता

बुटवल हस्पिटल संग सेवानिवृत्त सस्थाको उपचार सम्झौता

बुटवल हस्पिटल संग सेवानिवृत्त सस्थाको उपचार सम्झौता

बुटवल हस्पिटल संग सेवानिवृत्त सस्थाको उपचार सम्झौता

बुटवल हस्पिटल संग सेवानिवृत्त सस्थाको उपचार सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • बुटवल । बुटवल हस्पिटल प्रा लि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका विचमा उपचार सम्झौता सम्पन्न भएको छ ।  

    बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि निवृत राष्ट्र सेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनिहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित खरेलले बताए।

    उनले बुटवल हस्पिटल प्रा लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए । उनले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गरे । 

    सो अवसरमा बुटवल हस्पिटल प्रा लि का मेडिकल सुपरिटेण्डेन डा कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पुर्व कर्मचारीहरुसंग सहकार्य गर्नु पाउनु स्वागत योग्य कुरा रहेको बताए। 

    निवृत राष्ट्र सेवक समाज बुटवलका अध्यक्ष भाज वहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समस्या आउदा बुटवल हस्पिटल प्रा लि लाई नै सम्झने बतावरण बनेको बताए।

    दुई संस्था विचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा लिका जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का,ईमरजेन्सी तथा अप्रेशन ईन्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सीना लगायतले धारणा राखेका थिए।

    आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा लि अहिले १ सय शैया संचालनमा छ । जहां विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसियु, एनआईसियु, एचडियू सहितका उपचार कक्षहरु संचालनमा छन् भने  एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ ।

    बुटवल हस्पिटल प्रा लि.मा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij