बुटवल । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको वार्षिक भित्तेपात्रो बिमोचन भएको छ। टेलिभिजन कार्यालय राजमार्ग बुटवल चौराहमा एक कार्यक्रमका बिच टेलिभिजन सञ्चालन समितीका अध्क्ष ओम ज्ञवाली लगायत पदाधिकारीले भित्तेपात्रो बिमोचन गरेका हुन।
भित्तेपात्रो बिमोचन समारोहमा बोल्दै टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले नयाँ वर्षको शुभकामना ब्यक्त गर्दै क्यालेन्डरले टेलिभिजनको उपस्थिति गर्विलो भएको बताए। उनले भित्तेपात्रो बिमोचनमा बिज्ञापन दिएर सहयोग गर्ने बिज्ञापनदाताहरूलाई आभार समेत प्रकट गरेका थिए।
कार्यक्रममा टेलिभिजनका सल्लाहकार एवं पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवाली, सचिव झपट बहादुर गुरुङ जेबी, सहसचिव रामबहादुर थापा,कोषाध्यक्ष अरुण कुमार श्रेष्ठ , सदस्यहरु घनश्याम तिवारी, जगत प्रसाद पाैडेल, कमला काफ्ले तथा टेलिभिजनका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रम टेलिभिजनका कार्यकारी प्रमुख कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो। क्यालेण्डरमा टेलिभिजनका बार्षिक कार्यक्रम समेत समेटिएका छन्।




