२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता, होला सहमति?

शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता, होला सहमति?

शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता, होला सहमति?

शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता, होला सहमति?

शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता, होला सहमति?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • बुटवल । नेपाल शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता हुँदै छ। शिक्षा मन्त्रालयमा बुधबार दिउँसो वार्ता हुने बताइएको छ। यसअघि सोमबार र मंगलबार रातिसम्म शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको थियो। ती वार्तामा ठोस सहमति हुन नसकेपछि आज फेरि वार्ता हुन लागेको हो।

    हिजो राति पनि शिक्षक प्रतिनिधि र मन्त्रालयबीच करिब तीन घण्टा लामो छलफल भएको थियो। शिक्षक महासंघसँगको सहमतिमा मन्त्रालयले तयार पारेको ९ बुँदे प्रस्तावमा छलफल भए पनि ठोस सहमति भइनसकेको शिक्षक प्रतिनिधिहरुले बताएका छन्। 

    छलफलमा सहभागी शिक्षकहरुले मन्त्री परिषद्मा तत्काल ९ बुँदे माग पास गरे आन्दोनलको मोडालिटी परिर्वतन गरेर कक्षा १२ को परीक्षामा सामेल हुने जनाएका थिए। ९ बुँदे प्रस्ताव तत्काल लागू गर्दा आठ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने भएपछि शिक्षा मन्त्रालयले छलफललाई लम्ब्याउँदै लगेको छ। यस विषयमा मन्त्रालयले पटक पटक शिक्षकहरुसँग छलफल गरेको छ। 

    ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको पारिश्रमिक, राहतका शिक्षकको दुर्गभ भत्ता, सामाजिक सुरक्षा कोषमा सामावेश, निमावि प्रथम र मावि द्वितीयको तलब लगायतका विषय नौ बुँदे प्रस्तावमा समावेश गरेका छन्। 

    विद्यालय शिक्षा ऐन जारी गर्ने समय तोकेर मन्त्री परिषद्बाट ९ बुँदे प्रस्ताव तत्काल पास गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने शिक्षक आन्दोलनका अगुवाहरुको भनाई छ। यो बिषयमा आज थप छलफल हुने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन्। उनले आजको बैठकले नै यो बिषयलाई टुंगो लगाउने आशा व्यक्त गरेकी छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij