२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

महिमानसिंहकाे, जाे रेशमलाई थुनाउन खाेज्दा आफैं थुनिए

महिमानसिंहकाे, जाे रेशमलाई थुनाउन खाेज्दा आफैं थुनिए

महिमानसिंहकाे, जाे रेशमलाई थुनाउन खाेज्दा आफैं थुनिए

महिमानसिंहकाे, जाे रेशमलाई थुनाउन खाेज्दा आफैं थुनिए

महिमानसिंहकाे, जाे रेशमलाई थुनाउन खाेज्दा आफैं थुनिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं । रेशम चाैधरीलाई पक्राउ गर्न व्यक्तिगत तजबिजमा प्रहरीलाई पत्र पठाएका सर्वाेच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट अहिले टक अफ दि टाउन बनिरहेका छन् । रेशमलाई केही घन्टाका लागि पक्राउ गराउन त उनी सफल भए, तर पाेल खुलेपछि आफै‌ं हिरासत बस्नुपरेकाे छ ।

    आफ्नाे हस्ताक्षरकाे पत्र बाेकेर महिमान आफैं प्रहरी परिसर पुगेका थिए । प्रहरीले पनि त्यही पत्र हेरेर तुरुन्तै एक्सन लिइहाल्याे । साे पत्रकाे आधिकारिकतामा प्रहरी अधिकारीले ध्यान दिएनन् । विष्टले पठाएकाे पत्र अनधिकृत भएकाे सर्वाेच्चले स्पष्ट पारिसकेकाे छ, तर उनले केकति कारणले याे पत्र लेखे भन्ने अनुसन्धानकाे विषय बनेकाे छ । प्रारम्भिक बयानमा उनले टीकापुरमा मारिएकाहरुकाे आत्माले पाेलेर याे कार्य गरेकाे बताएका छन् ।

    काे हुन् महिमानसिंह ?

    दार्चुला स्थायी घर भएकानेपाल न्याय सेवा, न्याय समूहका शाखा अधिकृत बिष्ट अहिले सर्वोच्च अदालतको मुद्दा शाखामा कार्यरत छन् । उनी यसअघि कञ्चनपुर जिल्ला अदालतमा शाखा अधिकृत (तहसिलदार) पदमा कार्यरत थिए । त्यहाँ उनले २ वर्ष काम गरेका थिए ।

    करिब ५५ वर्ष उमेरमा महिमान न्यायसेवाकाे सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । उनी अर्काे वर्ष उपरजिष्टारमा बढुवा हुने लाइनमा छन् । न्याय सेवामा उपरजिष्टार भनेकाे उपसचिव सरह हाे । बिष्टका एक छाेरा पनि सर्वाेच्चमै अधिकृत छन् । उनी इमानदार अफिसरका रुपमा चिनिन्छन् ।

    विगतमा कञ्चनपुरमा कार्यरत छँदा उनले वकिलहरुमाथि विभिन्न लाञ्छना लगाएका थिए ।  नेपाल बार एसोसियसनले बिष्टमाथि कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो । त्यसको विरुद्धमा समेत उनले काउन्टर विज्ञप्ति जारी गरेका थिए । त्यही विवादपछि उनी सर्वाेच्च तानिएका हुन् ।

    विष्ट कुनै राजनीतिक दलमा आस्था राख्दैनन्, तर राजनीतिमा चासाे राख्छन् । बेलाबखत फेसबुकमा राजनीतिक टिप्पणी गरिरहन्छन् । चार वर्षअघि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा स्टाटस लेखेका थिए । तत्कालीन नेकपा रहँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका सांसदलाई २४ घन्टे स्पष्टीकरण र दोस्रो दिन आममाफी दिइएको समाचार सेयर गर्दै  उनले साे स्टाटस लेखेका हुन् ।

    सन् २०२१ जुलाई २२ मा फेसबुकमा उनले लेखेका थिए, ‘केपी ओली सर त नयाँ महाराजाधिराज भए कि क्या हो ? स्पष्टीकरण पनि आफैं सोध्ने, आममाफी पनि आफैं जुनसुकै बेला दिने, पार्टीको विधान कता छ कुन्नि ? पार्टी घोषणापत्रसँगै पो अल्मलियो कि ? यो त केपी सरको गोप्य श्री ५ को जस्तो हुकुम भयो नि ?’ उनेल नेपाली राजनीतिक दललाई सुध्रिन सुझाव दिने गरेका छन् ।

    दुई वर्षअघि उनले लेखेका थिए्, ‘नेपालका सबै राजनीतिक दल समयमै तत्काल नसुध्रिएमा काठमाडौं महानगरपालिकामा बालेन शाह, धरान उपमहानगरपालिकामा हर्कराज साम्पाङ राई र धनगढी उपमहानगरपालिकामा गोपाल हमालले अत्यधिक बहुमतका साथ राजनीतिक दलका उम्मेदवारलाई पाखा लगाए जस्तै अब आउने संघ र प्रदेशको निर्वाचनमा पनि यस्तो अवस्थाको पूर्वमूल्यांकन गरी समयमै नेपाली जनतासँग माफी मागी अबदेखि जनसेवामा समर्पण हुने बाचा गरी सच्चा राजनीतिक खेलाडीको भूमिका निभाउनुपर्ने अवस्था टड्कारो रूपमा देखिएको छ । सबैको जय होस् ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij