२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिसाको शव !

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिसाको शव !

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिसाको शव !

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिसाको शव !

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिसाको शव !
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको शव प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएर घटनास्थलबाट अन्यत्र लगेको ओडिशाटीभी अनलाइनले जनाएको छ ।

    विश्वविद्यालय होस्टेलको १११ नम्बर कोठामा उनको शव झुन्डिएको अवस्थामा भेटिएको भनेर कलेज प्रशासनले भनेको छ । तर, प्रहरी पुग्नुअघि नै उनको शव विश्वविद्यालयका कर्मचारीले निकालेका पाइएको हो ।

    ओडिशाको इन्फोसिटी प्रहरी कार्यालयमा कार्यरत एक कन्स्टेबल निराकर खटुआले शव प्रहरीले ननिकालेको बताएका छन् ।

    पोस्टमार्टमका निम्ति अस्पताल गएका खटुआले शव कलेजको मेडिकल इमर्जेन्सी वार्डबाट प्रहरीले भुवनेश्वरस्थित एम्स अस्पतालमा ल्याएको बताए । यसानुसार शव प्रहरीले नभएर कलेजका कर्मचारीले नै होस्टेलबाट निकालेका हुन सक्ने पत्रिकाले उल्लेख गरेको छ ।

    कन्स्टेबल खटुआले भने, “हामी घटनास्थलमा पुग्दा शव खाटमा पल्टिएको अवस्थामा थियो । पछि मैले यसलाई पोस्टमार्टमका निम्ति ल्याएँ । हामीले यो झुन्डिएको देखेका छैनौँ ।”

    उक्त अनलाइनमा अगाडि लेखिएको छ, “झुन्डिएको शव भेटिएको अवस्थामा पनि केआईआईटीका कर्मचारीले किन उद्धार कार्यमा हस्तक्षेप गरे ?”

    यो कार्यले कलेजप्रति केही आशंका रहेकाले अतिरिक्त अनुसन्धानको आवश्यकता औँल्याइएको छ ।

    यो विषयमा विश्वविद्यालयका अधिकारीले कुनै टिप्पणी नगरेको उक्त अनलाइन पत्रिकाले उल्लेख गरेको छ ।

    उक्त होस्टेलमा तीन महिनाभित्र नेपाली छात्राको मृत्यु भएको यो दोस्रो घटना हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij