बुटवल । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका–६ मा पोखरीमा डुबेर दाजुभाइको ज्यान गएको छ । सुनवल–६ पुलटोलका विष्णु कुवँरका दुई जना छोराको ज्यान गएको हो ।
हिजो खाना खाएर घरबाट निस्केका १० वर्षीय विप्सन कुवँर र ८ वर्षीय दिप्सन बेलुका पोखरीमा डुबेको अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
उनीहरू पौडी खेल्नेक्रममा डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरु जनसेवा माध्यमिक विद्यालयमा कक्षा ४ र कक्षा २ मा अध्ययनरत थिए ।




