२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अड्गुरी समाज रूपन्देहीको साधारणसभा

अड्गुरी समाज रूपन्देहीको साधारणसभा

अड्गुरी समाज रूपन्देहीको साधारणसभा

अड्गुरी समाज रूपन्देहीको साधारणसभा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • अविजित पन्थी
    रूपन्देही
    ‘आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्ने मूल नाराका साथ अड्गुरी समाज रूपन्देहीले आफ्नो १२औँ वार्षिक साधारणसभा रूपन्देहीको बुटवलस्थित एशियन पार्टी प्यालेसमा सम्पन्न गरेको छ । समाजले आफ्नो संस्थागत जीवनको एक दशक नाघी दोश्रो दशक प्रवेश गरेको यस साधारणसभाले संस्थाको अबको दिशा र गति स्पष्ट पार्दै नयाँ ऊर्जा सञ्चार गरेको छ ।
    कार्यक्रमको स्वागत मन्तव्य समाजका उपाध्यक्ष नारायणप्रसाद घिमिरेले राखेका थिए । स्वागत मन्तव्यका क्रममा उनले समाजको १२ वर्षे यात्रालाई समर्पण, सहयोग र निरन्तरताको प्रतीकका रूपमा चित्रित गर्दै, सबै सदस्यहरूको सक्रिय सहभागिताले समाजलाई अझ मजबुत बनाएको उल्लेख गरे ।


    कार्यक्रमको उदटन समाजका संस्थापक अध्यक्ष तथा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बिरुवामा पानी हालेर गरेका थिए । यसको सांकेतिक अर्थ समाज रूपी बिरुवालाई माया, समर्पण र सहकार्यको पानीले सिंचित गर्नुपर्ने सन्देश थियो । आफ्नो मन्तव्यमा उनले संस्थालाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्दै, उद्देश्यपरक र समावेशी रूपमा अघि बढाउन आवश्यक रहेको धारणा राखे । “संस्थाको जरा बलियो बनाएर मात्र बिरुवा रुख बन्न सक्छ, यही सूत्र समाजको सफलताको मूल मन्त्र हो ।”– उनको प्रेरणादायी भनाइ थियो ।

    विशिष्ट अतिथिको रूपमा उपस्थित पाणिनी गाउँपालिका–७ का वडाध्यक्ष गुनाखर अधिकारीले गाउँमै सिर्जनशीलता र सीपलाई जीवन्त बनाउने खालको वातावरण तयार पार्नुपर्नेमा जोड दिए । गाउँका युवाहरूलाई सीपमूलक तालिममार्फत सशक्त बनाउन सकिएमा मात्रै समाजको मुहार बदल्न सकिने उनको धारणा थियो ।


    कार्यक्रमको अध्यक्षता समाजका वर्तमान अध्यक्ष रामप्रसाद पन्थीले गरेका थिए । उनले विगत वर्षभरिको कार्य प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सञ्चालन गरेका कार्यक्रमहरू नेतृत्व विकास तालिम, स्वास्थ्य शिविर, छात्रवृत्ति वितरण, महिला बचत योजना, आपसी सहयोग परियोजनालगायतका विषयमा विस्तृत विवरण प्रस्तुत गरेका थिए । 


    समाजका कोषाध्यक्ष माधव आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा आम्दानी–खर्चको पूर्ण लेखाजोखा राखिएको थियो । यसमा प्राप्त सहयोग सदस्यता शुल्क, कार्यक्रम खर्च र कोषको वर्तमान अवस्था उल्लेख गरिएको थियो । 


    साधारणसभामा पाणिनी गाउँपालिकाभित्रका विभिन्न वडाका क्रियाशील सम्पर्क समाजका अध्यक्ष तथा  प्रतिनिधिहरूले मन्तव्य राख्दै अड्गुरी समाज रूपन्देहीले गाउँ र शहरबीचको दूरीलाई सामाजिक भावनात्मक पुलले जोडिरहेको उल्लेख गरेका थिए । उनीहरूले संस्थाले गरेको कार्यलाई उदाहरणीय, समय सापेक्ष र समुदायमैत्री भएको ठहर गरे ।

    समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार लुकराज न्यौपानेले संस्थाले शहरमा रहेर पनि गाउँको भावना बोकेको उल्लेखनीय संस्था बन्न सफल भएको बताए । “गाउँको पीडा बुझ्ने, शहरमा स्वर उठाउने र दुवैलाई जोड्ने काम समाजले गरिरहेको छ ।”– उनले भने । 


    सभाको विशेष आकर्षणमा, समाजका आजीवन सदस्यहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने ८० वर्ष नाघेका अड्गुरी क्षेत्रका आमाबुबाहरूलाई खादा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 


    समाजले गत वर्ष २२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो भने अड्गुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमार्फत् २ लाख ५० हजार रुपैयाँ बराबरको औषधि र उपचार सेवा प्रदान गरिएको थियो । यसरी समाजले स्वास्थ्य, शिक्षा र समावेशी सेवाको प्रभावकारी उदाहरण प्रस्तुत गरेको थियो ।


    अड्गुरी समाज रूपन्देहीलाई अझ योजनाबद्ध, उत्तरदायी, समावेशी र प्रगतिशील सामाजिक संस्थाको रूपमा अगाडि बढाउने मार्ग स्पष्ट पारेको छ । ग्रामीण परिवेशको मर्म बुझेको, शहरी जीवनशैलीसँग समन्वय गर्न सक्ने र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्ने यो समाज अबको दिनमा अन्य समुदायका लागि पनि प्रेरणा बन्ने सम्भावना प्रबल देखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij