२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

स्वामी कैलाशानन्द गिरीद्वारा कामाख्या मन्दिर दर्शन

स्वामी कैलाशानन्द गिरीद्वारा कामाख्या मन्दिर दर्शन

स्वामी कैलाशानन्द गिरीद्वारा कामाख्या मन्दिर दर्शन

स्वामी कैलाशानन्द गिरीद्वारा कामाख्या मन्दिर दर्शन

स्वामी कैलाशानन्द गिरीद्वारा कामाख्या मन्दिर दर्शन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • बुटवल । सनातनी धर्म संस्कारका ज्ञाता एवं भारतको निरञ्जन पीठाधिसका पिठाधिश्वर स्वामि कैलाशानन्द गिरीले पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका छन् । 


    नेपालको विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नेक्रममा स्वामी गिरी आइतबार दिउँसो  लुम्बिनी केबलकारको यात्रा गरी बसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन गरेका हुन् । 


    उनले बसन्तपुर निकै स्वच्छ, शान्त, रमणीय र पवित्र धार्मिकस्थल रहेको उल्लेख गरे । मन्दिरमा पूजा आराधनापछि भक्तजनहरुसँग कुरा गर्दै स्वामी गिरीले कामाख्या मन्दिर प्रख्यात शक्तिपीठ भएको र यसको दर्शन गर्नाले मानव जीवनमा आइपर्ने संकटहरु मोचन हुने र मनोकामना पूरा हुने बताए । उनले नेपालका धेरै धार्मिकस्थलहरु अत्यन्तै पवित्र भएकोले ती स्थलहरुको भ्रमण गर्न करोडौं भारतीयहरु पनि आउने विश्वास व्यक्त गरे ।


    सो अवसरमा स्वामी गिरीले कामाख्या मन्दिरका मूल पूरोहित सुरेश पौडेललाई कामाख्या देवीको बिजमन्त्र प्रदान गरेका थिए । 
    स्वामी गिरीसँगै पूर्व मन्त्री बालकृष्ण खाँण, प्रतिनिधिसभा सदस्य मञ्जु खाँण, पूर्व सांसद प्रमोद यादव, बुटवल उप–महानगरका प्रमुख खेलराज पाण्डेय, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेल, व्यवसायीहरु चुन्नप्रसाद पौडेल, बुटवल ४ का वडाध्यक्ष नरिश्वर पौडेललगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुलाई लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू, व्यवस्थापक प्रज्ज्वल घिमिरेलगायतले स्वागत गरेका थिए । 


    स्वामी कैलाशानन्द बैशाख १५ गते दिल्लीबाट नेपाल एअरलायन्सको जहाजमार्फत् काठमाडौं आएका थिए । स्वामी २२ गते भैरहवाबाट काठमाडांै फर्किने र सोही दिन गोसाइकुन्ड जाने कार्यक्रम तय भएको छ । त्यसपछि उनी सोही दिन चन्द्रागिरी रिर्सोटमा बस्ने र भेटघाट गर्ने, त्यसपछि २३ गते दक्षिणकालि मन्दिरमा पूजा पाठ गर्ने कार्यक्रम तय भएको छ । २३ गतेदेखि २६ गते सम्म काठमाडौंमा रहेर २६ गते दिल्ली प्रस्थान गर्ने कार्यक्रम तालिका रहेको छ । 


    भारतको निरञ्जना अखडाका प्रमुख समेत रहको कैलाशानन्द भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समेत सल्लाहकार मानिन्छन् । धार्मिक विषयमा र सनातनी धर्म संस्कारको विषयमा खास निर्णय लिनुपर्दा मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले स्वामी कैलाशानन्दको सल्लाह लिने भारतीय मिडियाहरुले समेत लेख्दै आएका छन् । 


    भारतमा गत माघ महिनामा लागेको प्रयागराज महोत्सवका परिकल्पनाकार समेत कैलाशानन्द स्वामी मानिंदै आएका छन् । कैलाशानन्दको  भ्रमणले नेपालको धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij