२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रिसा साहबारे भारतसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन सभामुखको रुलिङ

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  •  काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी विद्यार्थी प्रिसा साहबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

    सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएका थिए । त्यसपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

    साह झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको सभामुख घिमिरेले बताएका छन् ।

    उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न भएको सभामुख घिमिरेले बताएका छन् ।

    सभामुख घिमिरेले भनेका छन्, ‘सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’

    विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न पनि सभामुख घिमिरेले अपिल गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij