२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गोपाल टन्डन, हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए

गोपाल टन्डन, हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए

गोपाल टन्डन, हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए

गोपाल टन्डन, हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए

गोपाल टन्डन, हाइटेन्सन लाइनको खाल्डोमा मृत भेटिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  •  बुटवल । रूपन्देहीको तिलोत्तमा–२ शंकरनगरका गोपाल टन्डन दुई दिनदेखि बेपत्ता थिए । उनी लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सहित आइतबारदेखि बेपत्ता थिए ।

     

    उनको परिवारले टन्डनको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए । हराएको निवेदन परेसँगै प्रहरीले उनको खोजी कार्यलाई तीव्रता दिएको थियो ।

     

    खोजीको क्रममा २० वर्षका टन्डन बुटवल उपमहानगरपालिका–११ स्थित हाइटेन्सन लाइनको खाल्डोमा मोटरसाइकल सहित फेला परे । प्रहरीले उनको दुर्घटनामा परेर मृत्यु भएको बताएको छ।

     

    प्रहरीका अनुसार हाइटेन्सन लाइनलाई हटाएर मोनोपोल जडान गर्न बनाइएको खाडलमा टन्डन मोटरसाइकलसहित मृत भेटिएका हुन् ।

     


    रातिको समयमा अनियन्त्रित रूपमा मोटरसाइकल हुइकाउँदा टन्डनको खाल्डोमा परेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी इन्द्रबहादुर रानाले टन्डनको शव र उनले चलाएको लु ४८ प ३११७ नम्बरको मोटरसाइकल सोमबार बिहान फेला परेको बताए ।

     

    ‘परिवारले आइतबार युवक हराएको भनेर निवेदन दिएका थिए’ डीएसपी रानाले भने, ‘राति दुई बजेको समयमा तीव्र गतिमा चलाएको मोटरसाइकल माटोको ढिस्को नाघेर खाडलमा परेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

    टन्डनको शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij