२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमेरिकामा अवैध बसोबास गर्ने आप्रवासीलाई हजार डलर पैसा बाँड्दै ट्रम्प

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई देश छोड्ने सर्तमा एक हजार डलर दिने घोषणा गरेको छ ।

    राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनको नीतिअनुसार अमेरिकाको होमल्यान्ड सुरक्षा विभागले सोमबार यो योजना सार्वजनिक गरेको हो ।

    यो योजनाअनुसार अवैध आप्रवासीहरूले स्वदेश फर्कने निर्णय गरेमा उनीहरूलाई एक हजार डलरको आर्थिक सहयोगसहित यात्रा खर्च पनि उपलब्ध गराइने समाचार संस्था एपीले जनाएको छ । 

    ‘सीबीपी होम’ नामक एपमार्फत स्वदेश फर्कने योजना सरकारलाई जानकारी गराउने व्यक्तिहरूलाई नजरबन्द र अध्यागमनबाट जबरजस्ती पठाउने सूचीबाट उनीहरूको नाम हटाइने बताइएको छ ।

    “यदि, तपाईं अवैध रूपमा यहाँ हुनुहुन्छ भने गिरफ्तारीबाट बच्न स्वतः निर्वासन नै अमेरिका छोड्ने उत्तम, सुरक्षित र किफायती तरिका हो,” होमल्यान्ड सुरक्षा विभागका सचिव क्रिस्टी नोएमले भने, “होमल्यान्ड सुरक्षा विभागले अब सीबीपी होम एपमार्फत अवैध आप्रवासीहरूलाई यात्राका लागि आर्थिक सहयोग र स्वदेश फर्कने भत्ता प्रदान गर्दै छ ।” 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij