२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रामग्राम र पण्डितपुरमा बुद्ध जयन्ती मनाइने

रामग्राम र पण्डितपुरमा बुद्ध जयन्ती मनाइने

रामग्राम र पण्डितपुरमा बुद्ध जयन्ती मनाइने

रामग्राम र पण्डितपुरमा बुद्ध जयन्ती मनाइने

रामग्राम र पण्डितपुरमा बुद्ध जयन्ती मनाइने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • नवलपरासी  ।  गौतमबुद्धको अन्तुधातु रहेको रामग्राम र बुद्धको मावली पण्डितपुरमा बैशाख २८ र २९ गते २५६९औं बुद्ध जयन्ती  मनाइने भएको छ । रामग्राम नगरपालिकामा वसेको सरोकारवलाहरुको बैठकले २८ गते पण्डितपुर र २९ गते रामग्राममा मनाइने बुद्ध जयन्ती कार्यक्रमलाई सफल बनाउन सबै पक्ष लाग्ने निर्णय गरिएको छ । बुद्ध जयन्तीका अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका विजयी, कक्षा ८ मा ४ जीपीए ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कार वितरण  रामग्राम स्तुपमा हुने कार्यक्रममा गरिने भएको छ ।


     बुद्ध जयन्तीका अवसरमा नगर सरसफाइ र दीप प्रज्ज्वलन गर्ने र सबै नगरवासीलाई घर–घरमा दीप प्रज्ज्वलन गर्न आग्रह गर्ने समेत कार्यक्रम रहेको छ । 


    बैठकमा सहभागीहरुले बुद्ध जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा पण्डितपुर र रामग्राम र बुद्धको विषय विज्ञहरुलाई ल्याएर यसको महत्वका बारेमा जानकारी दिने कार्यक्रम गरी प्रसारप्रचारलाई अगाडि बढाउनु आवश्यक रहेको बताएका थिए । प्रत्येक वर्ष बुद्ध जयन्तीलाई जयन्तीमा मात्र सीमित गर्नुको कुनै औचित्य नरहेकोमा सरोकारवालाले जोड दिएका थिए ।

    कार्यक्रममा नगरप्रमुख धनपत यादवले बुद्धको अन्तुधातु रामग्राममा मात्र रहेको हुँदा रामग्रामको महत्व ठूलो रहेको बताए । यादवले रामग्राम र पण्डितपुरको प्रचारप्रसार नभएकोले रामग्राम नगरपालिका प्रचार अभियानमा जुटेको बताए । रामग्रामका २० हजार बालबालिकाहरुलाई बुद्ध, रामग्राम र पण्डितपुरका बारेमा जानकारी गराउन नगरपालिकाले रामग्राम क्षेत्रका सबै विद्यालयमा पढाउन पाठ्यक्रम तयार गरेको उनले जनाए । 


    गौतमबुद्धको जन्म बैशाख पूर्णिमाका दिन लुम्बिनीमा भएको थियो । बुद्ध पूर्णिमाकै दिन बुद्धले बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए ।  यस अवसरमा लुम्बिनीमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ । 


    यस वर्ष २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८२ को अवसरमा लुम्बिनीको साँस्कृतिक ग्राम क्षेत्रस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा बैशाख २९ गते हुने मूल समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओली र बौद्ध विद्वानहरू तथा विभिन्न मुलुकका प्रतिनिधि समेतको सहभागिता रहनेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij