२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • नवलपुर । नारायणगढ–बुटवल सडकको दाउन्नेखण्डमा पानी परेका कारण बाटो अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज (वैशाख २३) बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं इन्स्पेक्टर जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार, पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।

    राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको यो खण्डमा सामान्य पानी पर्दा समेत बाटो पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । आउँदो असारसम्म यो खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

    हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । रासस

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij