२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौं । भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीको बारेमा अन्तर्राष्ट्रिय समुदायहरूलाई जानकारी गराएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीहरूलाई सैन्य कारबाहीको बारेमा जानकारी गराएका छन् ।

    वाशिंगट डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको बताएको छ । यो जानकारी विज्ञप्तिमार्फत दिइएको हो ।

    यसैबीच, अमेरिकी विदेशमन्त्री रुबियोले भारत र पाकिस्तानको अवस्थाको निगरानी गरिरहेको बताएका छन् । सामाजिक संजाल एक्समा पोष्ट गर्दै निगरानी गरिरहेको बताएका हुन् ।

    यसअघि, उनले वाशिंटन डिसीस्थित ह्वाइट हाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारतको कारबाहीबारे मिडियाको प्रश्नको जवाफमा यसलाई दुःखद् र चाँडै समाप्त हुने आशा गरेको बताएका थिए । 

    रुबियोले ट्रम्पको टिप्पणी दोहोर्‍याउँदै यो तत्काल समाधान हुने आशा व्यक्त गरे । उनले भारत र पाकिस्तानी नेतृत्वसँग शान्तिपूर्ण समाधानको लागि सम्पर्क जारी राख्ने पनि बताए ।

    यसबाहेक संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भारतले गरेको सीमा नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमा पार सैन्य कारबाहीबाट धेरै चिन्तित बनेको बताउँदै दुवै देशलाई संयम हुन अपिल गरेको उनका प्रवक्ताले बताएका छन् । 

    गुटेरेसका प्रवक्ताले संयुक्त राष्ट्रसंघका महासचिव भारत र पाकिस्तानबीच बढ्दै गरेको सैन्य टकरावबाट धेरै चिन्तित र दुवै देशले अधिकतम संयम कायम राख्न आग्रह गरेका छन् । उनले विश्वले भारत–पाकिस्तानबीचको सैन्य टकरावको जोखिम व्यहोर्न नसक्ने उल्लेख गरेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij