२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

तिलोत्तमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा भएको छ । 


    मंगलबार प्रदेशका सामाजिक विकास मन्त्री,जिल्ला समन्वय समिति प्रमुख, नगरभित्रका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र संघसंस्थाको उपस्थितिमा नगरप्रमुख रामकृष्ण खाँणले नगरलाई मानवसेवा आश्रमसँगको सहकार्यमा सहयोगाापेक्षी सडक आश्रित मानवमुक्त नगर बनाइएको घोषणा गरे । उनले उक्त घोषणापत्र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका थिए ।


    सो अवसरमा बोल्दै सामाजिक विकास  मन्त्री जन्मजय तिमिल्सेनाले संविधानले नै हरेक नागरिक सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरे पनि विभिन्न कारणले कतिपय व्यक्ति सडक जीवन जिउन बाध्य भएको बताए । उनले मानवीय सेवाभन्दा ठूलो धर्म अरु नहुने भन्दै मानवसेवा आश्रमको अभियानमा सबैको साथ हुनुपर्ने बताए ।


    नगरप्रमुख खाँणले प्रशासनिक घोषणा मात्र नभई व्यवहारमा प्रभावकारी कार्यान्वयन गरिने प्रचिबद्धता जनाए । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले २०८२ सालभित्र स्थानीय तह, सातै प्रदेश र यही वर्षको अन्तसम्ममा नेपाललाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको बताए । 


    मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्षअघिदेखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको छ ।
    तिलोत्तमा नगरपालिकाको वडा नं. ६ स्थित मानवसेवा आश्रममा १४६ जना आश्रित रहेको वडाध्यक्ष गणेश पाठकले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij