२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाको जरिवाना

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाको जरिवाना

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाको जरिवाना

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाको जरिवाना

जथाभावी फोहोर गर्नेलाई नगरपालिकाको जरिवाना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • तिलोत्तमा । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३ बैङ्करोडस्थित गुड हेल्थ फार्मेसी कारबाहीमा प¥यो । फार्मेसीबाट निस्कने फोहोरमैला जथाभावी फालेकाले नगरले पहिलो पटकका लागि रु पाँच हजार जरिवाना तिरायो । 


    सो फार्मेसी सोही नगरको वडा नं. ५ की वडा सदस्य किरणदेवी सुनारको हो । सुनारले आफैँले बनाएको नियम आफैँले उल्लङ्घन गरेपछि जरिवाना तिरिन्  । उनले भनिन्–“फार्मेसी मेरो हो । फार्मेसीका कर्मचारीले गल्ती गरे । जरिवाना मैले तिरेकी छु ।” 
    नगरले जरिवाना लिन थालेपछि पछिल्लो समय वडा नं. ५, १२ र १३ पहिलेको तुलनामा सफा भएको सुनार बताउँछिन् । उनले भनिन्–“नगरको जरिवाना अभियानले नगर सफा र सुन्दर हुन थालेको छ ।”


    नगरपालिकाले फोहोरमैला, छाडा चौपाया, दर्ताबिना सञ्चालित ई–रिक्साको व्यवस्थापनमा कडाइ गरेको हो । पटक–पटक आग्रह गरे पनि अटेर गर्नेलाई जरिवाना असुल गर्न सुरु गरेको हो । नगरले कार्यविधि नै बनाएर सबैलाई नियम पालना गराउने योजना बनाएको छ । 


    फोहोरमैला जथाभावी फाल्नेहरु हालसम्म ११ जनालाई जरिवाना गराएको छ । जरिवानाबापत रु ५५ हजार राजस्व सङ्कलन गरेको छ । दर्ताबिना नगरमा सञ्चालित ई–रिक्सा चालक पनि कारबाहीमा परेका छन् ।


     नगरले आफ्नो क्षेत्राधिकारमा पर्ने ई–रिक्सा दर्ता प्रक्रियाका लागि पटक–पटक सूचना जारी गर्दासमेत अटेर गर्ने ३५ वटा ई–रिक्सा चालकबाट जरिवाना असुलेको छ । प्रतिचालक रु पाँच हजारकै दरले जरिवाना लिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । 


    नगरको आग्रहलाई अटेर गरी सञ्चालन गरिरहेका ई–रिक्सा दैनिक पाँचवटाको हाराहारीमा कारबाहीमा पर्ने गरेको सूचना अधिकारी देव ज्ञवालीले बताए । गत महिना नगरको वडा नं. ४ की नौ वर्षीया एक बालिका खेल्दै गरेको स्थानबाट हराइन् । हालसम्म ती बालिकाको अवस्थाबारे केही पत्ता लागेको छैन । ती बालिका ई–रिक्सामा चढेको देखिएको नगर उपप्रमुख उमा अधिकारीले बताइन् । उनले भनिन्–“दर्ता नभएको रिक्सा भएकाले पत्ता लगाउन गाह्रो भयो । त्यसैले दर्ता अति आवश्यक छ ।”
    हालसम्म ई–रिक्सा व्यवस्थापनका लागि नगरले कार्यविधि बनाएको छैन । हालसम्म नगरमा ६३५ वटा ई–रिक्सा दर्ता भई सञ्चालनमा छन् ।


    त्यसैगरी, दुर्घटनाका कारकमध्ये छाडा चौपायालाई सडकमा जथाभावी छाड्नुलाई पनि मानिन्छ । समय नगरमा छाडा गाईवस्तु बढ्न थालेपछि नियन्त्रण गर्न नगरपालिकाले गत माघदेखि अभियान सञ्चालन गरेको हो । हालसम्म चार जनालाई चौपाया छाडा जथाभावी छाडेबापत रु सात हजारका दरले जरिवाना लिएको राजस्व शाखा अधिकृत कमलकान्त खनालले बताए ।


     हालसम्म ११५ वटा मरेका गाई–गोरुको व्यवस्थापन गरिएको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले जानकारी दिए ।
    स्थानीय सरकारले गरेको निर्णयबमोजिम पहिलो पटकका लागि सात हजार जरिवाना गराई फेरि छाडा नछोड्ने सर्तमा सम्बन्धित धनीलाई जिम्मा लगाइएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij