परासी । कृषि ज्ञान केन्द्र नवलपरासीले एग्रोभेट सहकारीहरुमा अनुगमन गरेको छ । ज्ञान केन्द्रले अफनो नियमिति अनुगमनको क्रममा जिल्लामा सञ्चालित सहकारी,एग्रोभेट पसलहरुमा अनुगमन गरेको हो । बिउबिजन प्रयोशाला भैरहवा रुपन्देही,कृषि बिकास निर्देशनालय लुम्बिनी प्रदेश,कृषि सामाग्री कम्पनी नवलपरासी,जिल्ला प्रहरी कार्यालय र पत्रकारको संयुक्त टोलीले जिल्लामा सञ्चालित सहकारी,एग्रोभेट पसलहरुमा अनुगमन गरेको थियो ।
जिल्लाको रामग्राम नगरपालिका ,बर्दघाट नगरपालिका ,सुनवल नगरपालिका,सराव गाउँपालिकामा रहेका एग्रोभट सहकारीहरुमा अनुगमन गरिएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा रबिन्द्रनाथ चौबेले जानकारी दिए ।
उनको अनुसार अनुगमनको क्रममा सुर्चीकृत नभएको बिउबिजन भेटिएकोले सुर्चीकृत बिउबिजन मात्र बिक्रीबितरण गर्न निर्देशन दिईएको बताए । बिउबिजनको अनुमातिपत्र लिएको तर नबिकरण नगरेको भेटिएकोले व्यसायीहरुलाई तुरुन्त नबिकरण गरी व्यवसाय संचालन गर्न निर्देशन दिएको बताए ।
सहकारीहले मूल्य सुर्ची नराखेको पाईएकोले कार्य क्षेत्रका किसानलाई मुल्यसुर्ची उल्लेख गरी बिक्रीबितरण गर्न निर्देशन दिईएको ज्ञान केन्द्र प्रमुख डा चौबेले बताए । अनुगमन टोलीले जिल्लामा सञ्चालित एग्रोभेट सहकारी सिड कम्पनी गरी १३ वटामा अनुगमन समितीले जनाएको छ ।
रामग्राम सिड कम्पनी , अरोही सिड कम्पनी ,साना किसान सहकारी र १० वटा एग्रोभेट पसलहरुलाई अनुगमन गरेको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीले जनाएको छ ।




