२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

होराइजन जीबीएसमा साहित्य कला कार्यशाला

होराइजन जीबीएसमा साहित्य कला कार्यशाला

होराइजन जीबीएसमा साहित्य कला कार्यशाला

होराइजन जीबीएसमा साहित्य कला कार्यशाला

होराइजन जीबीएसमा साहित्य कला कार्यशाला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • तिलोत्तमा । होराइजन जीबीएस मा.वि.मा अतिरिक्त क्रियाकलाप शाखाद्वारा आयोजित तीन दिने प्रशिक्षणात्मक कार्यशाला सम्पन्न भएको छ । बैशाख २२ देखि २४ गतेसम्म सञ्चालित यस प्रशिक्षण कार्यक्रममा कक्षा ७ देखि १० सम्मका अभिरुचि भएका करिव १०० जना विद्यार्थी सहभागी थिए । कार्यक्रमको पहिलो दिन चित्रकला तथा वक्तृत्वकला– वादविवाद, दोस्रो दिन मूर्तिकला तथा निबन्ध –प्रतिवेदन लेखन र तेस्रो तथा  अन्तिम दिन मूर्तिकलासहित लघुकथा एवम् मुक्तक गजल लेखनका प्रशिक्षणहरु चलेका थिए । 


    प्रशिक्षण कार्यक्रममा चित्रकला तथा मूर्तिकला प्राज्ञ गोविन्द चौधरी वक्तृत्व, वादविवाद, निबन्ध तथा प्रतिवेदन साहित्यकार डा. मुरारि  पराजुली, लघुकथा साहित्यकार रुद्र ज्ञवाली र गजल मुक्तक रमेश समर्थनले सहजीकरण  गरेका थिए । कार्यक्रमको अन्यमा विद्यार्थीहरुद्वारा कार्यशालामा सृजित रचनाको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो भने सहजकर्ताहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो । 


    कार्यक्रममा प्राचार्य गोपालप्रसाद आचार्य, उप–प्राचार्यद्वय इन्द्र भुसाल, ज्ञानेश्वर ज्ञवाली, शैक्षिक निर्देशक लक्ष्मणप्रसाद गौतम र जीवनाथ भण्डारी र प्राध्यापक प्रदिप अर्यालको उपस्थिति रहेको थियो । 
    सम्पूर्ण कार्यक्रमको संयोजन नेपाली विषय विभागीय प्रमुख मोहन मरासिनीले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij