२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

तिलोत्तमाले दलित ज्ञान उत्सव गर्दै

तिलोत्तमाले दलित ज्ञान उत्सव गर्दै

तिलोत्तमाले दलित ज्ञान उत्सव गर्दै

तिलोत्तमाले दलित ज्ञान उत्सव गर्दै

तिलोत्तमाले दलित ज्ञान उत्सव गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • तिलोत्तमा । “समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर सहर, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर” भन्ने नारालाई आत्मसात् गरेको तिलोत्तमा नगरपालिकाले न्याय, समानता र अधिकारका लागि तिलोत्तमा दलित ज्ञान उत्सव–२०८२ आयोजना गरेको छ । एक ऐतिहासिक र सशक्त कार्यक्रमको आयोजना गरेको तिलोत्तमाले उत्सवलाई व्यापक बनाउने उद्देश्यले बुधबार तिलोत्तमा नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराएको छ । सम्मेलनमा आयोजकहरूले कार्यक्रमको उद्देश्य, महत्व र आगामी गतिविधिहरूको जानकारी दिएका छन् ।


    कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले सम्मेलनले दलित समुदायको शिक्षा, समान अवसर र समावेशी अधिकारका सवालमा विशेष ध्यान दिइने जनाए । 


    यसैगरी उप–प्रमुख जागेश्वरी चौधरीले समतामूलक समाज निर्माणको लागि सचेतना अभिवृद्धिमा यो कार्यक्रमले टेवा पु¥याउने बताइन् । प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यो ज्ञान उत्सवले तिलोत्तमालाई मानवीय शहरको रुपमा विकास गराउन भूमिका खेल्ने बताए ।


    ‘न्याय, समानता र अधिकारका लागि’ भन्ने मूल नाराका साथ बैशाख २६ र २७ गते दुई दिने उत्सव तिलोत्तमा–१, नयाँमिलस्थित होटल स्वानमा आयोजना हुने जानकारी दिइएको छ ।


     उत्सवमा ज्ञान आदान–प्रदान, समुदायको सहभागिता, सामाजिक  नेतृत्व विकास, शिक्षा–अधिकारसम्बन्धी बहस, तथा विविध साँस्कृतिक कार्यक्रमहरू समेत गरिने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । यसले समुदायलाई सशक्त बनाउन र आगामी पुस्तालाई प्रेरित गर्न ठूलो योगदान पु¥याउने आयोजकको विश्वास छ । 


    आइएसओ सर्टिफाइड नगरपालिकाका रूपमा चिनिएको तिलोत्तमाले यस्तो ज्ञान–केन्द्रित सामाजिक कार्यक्रम गरी समावेशी र सशक्त समाज निर्माणतर्फ नयाँ दृष्टान्त राखेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij