२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सैन्य कारबाही भए पाकिस्तानलाई कडा जवाफ दिने भारतीय विदेशमन्त्रीको चेतावनी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले भारतविरुद्ध सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् ।

    भारत तनाव बढाउने पक्षमा नरहेको तर, भारतविरुद्ध सैन्य कारबाही भए धेरै कडा प्रतिक्रिया दिन तयार रहेको उनले स्पष्ट पारेका छन् ।

    जम्मु–कश्मिरको पहलगाममा २६ पर्यटकको हत्या गर्ने गरी भएको आतंकी हमलाको बदलामा भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा हवाई आक्रमण गरेको थियो ।

    पाकिस्तानले सो आक्रमणको बदला लिने बताइरहेका बेला भारतीय विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । विदेशमन्त्री जयशंकरले इरानी विदेशमन्त्री अब्बास अरघचीसँगको भेटमा यस्तो बताएका हुन् ।

    इरानी विदेशमन्त्री भारत–इरानमैत्री सन्धिको ७५औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय सहयोग समीक्षा बैठकमा भाग लिन अहिले भारत छन् ।

    विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत् अरघचीसँगको भेटबारे जानकारी दिँदै पाकिस्तानलाई चेतावनी दिएका हुन् । उनले पहलगाम आक्रमणपछि आतंकवादी लुक्ने ठाउँहरूमा कारबाही गर्न बाध्य भएको बताएका छन् ।

    गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले एक नेपाली र २५ भारतीयको हत्या गरेका थिए । त्यसपछि भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएर पाकिस्तानका ९ स्थानमा हवाइ आक्रमण गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij